अफगान राष्ट्रपति कार्यालय पनि तालिबानको कब्जामा, ‘इस्लामिक एमिरेट’ घोषणाको तयारी

काठमाडौँ- तालिबानले अफगान राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेको दाबी गरेको छ । अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा लिएको दाबी गरेको छ । तथापि सरकारी पक्षबाट यसको पुष्टि हुन बाँकी रहेको बीबीसीले जनाएको छ । तालिबान लडाकु काबुल पुगेसँगै राष्ट्रपति अशरफ घानीले आइतबार नै देश छाडेका छन् […]

राजधानी काबुलबाहेक अफगानिस्तानका सबै मुख्य सहर तालिबानको कब्जामा

काबुल, अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा जमाएका छन्। आइतबार बिहान पूर्वी सहर जलालावाद सहरमा पनि तालिबानले कब्जा जमाएका हुन्। सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार अफगान सुरक्षाकर्मीहरूले कुनै प्रतिकारबिनै जलालावाद तालिबानलाई छोडिदिएका हुन्। शनिबार तालिबानहरूले उत्तरी अफगानिस्तानको अर्को महत्वपूर्ण सहर मजर-इ- सरिफमा कब्जा जमाएका थिए। तालिबानहरू अब […]

हाइटी भूकम्प अपडेट : ३०४ जनाको मृत्यु, १८ सयभन्दा बढी घाइते

काठमाडौँ- हाइटीमा गएको ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा कम्तीमा ३०४ जनाको मृत्यु भएको छ । भूकम्पपछि भत्किएका कयौँ संरचनामा परेका १८ सय जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा केन्द्रबिन्दु भएको गएको भूक्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ । हाइटीका प्रधानमन्त्रीले भूकम्पका कारण गम्भीर […]

बाइडेन प्रशासन भारत अमेरिका सम्बन्धलाई बलियो बनाउन प्रतिबद्ध छ : ब्लिन्केन

नयाँ दिल्ली- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाइडेन प्रशासन नयाँ दिल्लीसँगको द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने इच्छा व्यक्त गरेका छन् । कोभिड, जलवायुलगायत विभिन्न मुद्दाहरुमा सहयोगको महत्वलाई जोड दिँदै द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने बताएका छन् । “हामीले पछिल्ला दुई दशकमा देखेका छौँ कि दुबै देशबीचको सम्बन्ध बलियो र गहिरो हुँदै गइरहेको छ । राष्ट्रपति बाइडेनको […]

अफगानिस्तानमा रेडियो सम्पादकको हत्या, एक पत्रकार बन्धक

एजेन्सी- अफगानिस्तानको पाकटिया घाग रेडियो स्टेशनका प्रधानसम्पादक टोफान ओमारीको काबुलको देह सब्ज जिल्लामा हत्या भएको छ । उनलाई अफगान तालिबान समूहले हत्या गरेको हुनसक्ने प्रशासनले जनाएको छ । यद्यपि, ओमारीको मृत्युको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । यसैगरी उनीहरूले युद्धग्रस्त अफगानिस्तानको हेलमन्ड प्रान्तमा एक टेलिभिजन पत्रकारलाई बन्धक बनाएर लगेको बताइएको छ । अफगानिस्तानको […]

अफगानिस्तान शान्ति : अलकायदा र अन्य आतंवादी समूहका गतिविधि पाकिस्तानबाट

एजेन्सी- जुन २०२१ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्को विश्लेषणात्मक समर्थन र प्रतिबन्ध अनुगमन टोलीले अलकायदा र तालिबानबीचको सम्बन्ध तथा उनीहरुले सञ्चालन गर्ने गतिविधिबारेको एक प्रतिवेदन सार्वजनिक गर्‍यो । उक्त प्रतिबेदनअनुसार अफगानिस्तानका कम्तीमा ३४ प्रान्तहरूमध्ये १५ मा अलकायदा सक्रिय रहेको देखिएको छ । ती प्रान्तहरुमा एसियाका विभिन्न मुलुकका १० हजार विदेशी लडाकुहरु रहेको समेत पाइएको छ […]

यही वर्ष अरू देशलाई २ अर्ब डोज खोप दिने वाचा गरेका छौं: चिनियाँ राष्ट्रपति सी

बेइजिङ, चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०२१ भित्र संसारका विभिन्न मुलुकलाई चीनले २ अर्ब डोज कोरोना खोप दिने बताएका छन्। चिनियाँ विदेश मन्त्रालयका अनुसार कोभिड-१९ भ्याक्सिन कोअपरेसन फोरमको बैठकमा पठाएको लिखित सन्देशमा सीले विभिन्न देशहरूलाई उक्त मात्रामा खोप दिने वाचा चीनले गरेका बताएका हुन्। चीनले कोभ्याक्समार्फत् खोप वितरणका लागि उक्त अभियानलाई १० करोड अमेरिकी डलर […]

सरकारले खरिद गरेकाे ८ लाख चिनियाँ खोप नेपाल आइपुग्यो

काठमाण्डाै । नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको ८ लाख डोज खोप नेपाल ल्याइएको । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान भेरोसेल खोप ल्याएको हो। खोप लिनको लागि निगमको जहाज हिजो चीन गएको थियो । आज ८ लाख डोज खोप आइपुगेको र अब निरन्तर खोप आउने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर […]

आदिवासी जनजाति महासंघ बेलायतमा कर्मा पहाडी बने अध्यक्ष

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायत नेफिन यूके को चौथो अधिवेशनबाट कमान सिङ कर्मा पहाडी शेर्पा अध्यक्षमा निर्वाचित भएका छन । शनिवार भर्चुअल रुपमा सम्पन्न अधिवेशनमा ११ वटा संस्थाको अध्यक्षहरुको मतदानबाट ६ संस्थाको भोट प्राप्त गरि शेर्पा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्दी धन रोगुलाई ४ संस्थाले भोट गरेका थिए । बेलायतमा स्थापित ११ […]

दक्षिण कोरियाको रोजगारी १५ महिनादेखि बन्द, करिब १० हजार अन्योलमा

असिम कामु मगर- काठमाडौ । आम्दानीका हिसाबले आकर्षक गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाको रोजगारी १५ महिनादेखि बन्द छ। कोरिया रोजगारी स्थगित हुँदा रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका करिब १० हजार अन्योलमा परेका छन्।   पहिलो लहरको कोरोना महामारी फैलिएको बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले भने कोरिया सरकारले बन्द गरेको […]