गायक जस्टिन बिबरको अनुहारमा प्यारालाइसिस

हलिउडका प्रख्यात गायक जस्टिन बिबरलाई प्यारालाइसिस भएको छ । जस्टिनलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोगले छोएपछि उनलाई अनुहारको आधा भागमा प्यारालाइसिस भएको हो । यो रोग लागेपछि जस्टिन केही समयका लागि आराममा छन् । उनले एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो कन्सर्टको शो क्यान्सिल गरेको बताएका छन् । भिडियोमा जस्टिन निकै कमजोर […]

बेलायत सरकारले नेपाली नर्सलाई रोजगारी दिने, आगामी साता हस्ताक्षर हुने

काठमाडौँ । बेलायत सरकारको तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकोले आगामी साता हस्ताक्षर गर्न लागिएको हो । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत […]

बलिउड अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरसँग लड्दै

बलिउड अभिनेत्री महिमा चौधरी यति बेला स्तन क्यान्सरसँग लड्दै छिन् । उनले परदेस, सहर जस्ता धेरै फिल्ममा काम गरिसकेकी छिन् । अनुपम खेरले सामाजिक सञ्जालमा महिमाको एउटा भिडियो सेयर गर्दै यसबारे जानकारी दिएका छन् । यस भिडियोमा महिमा भन्छिन्,‘ममा कुनै लक्षण थिएन । म हरेक वर्ष मेरो नियमित परीक्षण गर्थें । यही क्रममा मैले मेरो […]

चीनले मरुभूमीको विषम बालुवा क्षेत्रमा बनाएको हाई स्पिड रेल

१७७६ किलोमिटरको तिव्र गति (हाई स्पिड) रेलले सिनजियाङको क्षेत्रीय राजधानी उरुम्कीलाई गान्सु प्रान्तको राजधानी लान्झाउसँग जोड्छ । सिन्जियाङको ४६२ किलोमिटरसम्मको रेलमार्ग तिव्र हावा वहने क्षेत्रमा अवस्थित छ । केही खण्डमा त वर्षभर औसतमा २०० दिनसम्म २० मिटर प्रति सेकेन्डभन्दा बढी गतिमा हावाहरू बहन्छन् । हावाको अधिकतम गति ३२ मिटर प्रति सेकेन्डसम्म जान्छ । सन् १९९० […]

पत्रकार शिरिनको गोली लागेर मृत्यु

काठमाडौं । इजरायलमा अलजजिराकी एक जना पत्रकारको गोली लागेर मृत्यु भएको छ । समाचार संस्था एपीका अनुसार बुधबार बिहान वेस्ट ब्यांकमा इजरायली सेनाले छापा मार्ने क्रममा चलाएको गोली लागेर पत्रकार शिरिन अबु अक्लेहको मृत्यु भएको हो । अलजजिराले प्यालेस्टाइनको उद्धृत गर्दै जेनिन सहरनजिकै अक्लेहको टाउकोमा गोली हानिएको उल्लेख गरेको छ । उनीसँग रिपोर्टिङ गरिरहेका अर्का […]

क्वारेन्टिन खर्चले कोरिया जान थप महँगो

काठमाडौं। स्वदेश वा विदेशमा रोजगारीको क्रममा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नुपर्ने आवाज उठ्दै आए पनि व्यवहारमा लागु गर्न झन् कठिन हुन थालेको छ। जिटुजी (नेपाल–कोरिया सरकारमार्फत जाने) सम्झौता रहेको कोरिया रोजगारीमा जाने कामदारले पछिल्लो समय होटल क्वारेन्टिन खर्चसमेत बेहोर्नु पर्ने भएको छ। रोजगारीका लागि कामदारले नै सम्पूर्ण होटल क्वारेन्टिन खर्च बेहोर्नु पर्ने भएपछि बिहीबार नेपाल […]

समुद्री आँधी आइडामा परि मृत्यु हुनेको संख्या ४६ पुग्यो

अमेरिकामा समुद्री आँधी आईडाका कारण आएको बाढीमा परि मृत्यु हुनेको संख्या ४६ पुगेको छ । बिहीबार न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । गर्भनर फिल मर्फीका अनुसार मारिने अधिकांश आफ्नो गाडीमा यात्रा गरिरहेका बेला बाढी परेका थिए । अधिकारीहरुले मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन् । आँधीपछि आएको […]

अमेरिकाले बदला लियो, अफगानिस्तानमा आइएसका योजनाकार मारिए

एजेन्सी, १२ भदौ । अमेरिकाले अफगानिस्तानमा इस्लामिक अतिवादी ‘आइएस’ समूहमाथि ड्रोन हमला गरेको छ । नागरहर प्रान्तमा आइएसका नेताहरु मारिएको दाबी गरिएको छ । आक्रमणमा को को मारिए भन्ने खुलाइएको छैन । तर, सर्वसाधारण कोही पनि नमारिएको उल्लेख छ । अमेरिकी सैनिकसहित झण्डै २ सय जना मारिने गरी काबुल एयरपोर्टमा आइएसले बम बिष्फोट गराएको भोलिपल्ट […]

काबुल विमानस्थलबाट सर्वसाधारणको उद्धार जारी राख्ने अमेरिकी घोषणा

काठमाडौँ- अफगानिस्तान छोड्न चाहने सर्वसाधारणलाई अगष्ट अन्तिमसम्म नै उद्धार जारी राख्ने अमेरिकाले जनाएको छ । उद्धार जारी रहँदा काबुल विमानस्थलमा १७० जनाको ज्यान जाने गरी भएको बिस्फोटकाबीच अमेरिकाले उद्धार जारी राख्ने घोषणा गरेको हो । अझै पनि विमानस्थल आसपासको क्षेत्रमा आक्रमणको उच्च जोखिम रहे पनि उद्धार नरोक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । नेटोमा […]

काबुल विमानस्थलमा विस्फोट हुँदा अमेरिकी नागरिकसहित ६० जनाको ज्यान गयो

काठमाण्डाै – अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा ६० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अमेरिकी नागरिकसमेत रहेका छन्। १३ जना अमेरिकासँग सम्बन्धी सेवाका सदस्यको विस्फोटमा परेर ज्यान गएको अमेरिकाले पुष्टि गरेको बीबीसीले जनाएको छ । विस्फोटमा परेर कयौँ अमेरिकी नागरिक घाइते भएका छन् । बेलायतले भने अहिलेसम्म आफ्ना नागरिक र सेना […]