छलफलमा चिनियाँ राजदूत होउले थप १० लाख मात्रा सिनोभ्याक कम्पनीले उत्पादन गरेको भेरोसेल खोप अनुदान सहयोग गर्ने बताएकी छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले स्वास्थ्य राज्यमन्त्री र चीनका राजदूतबीच भेटघाट भएको जानकारी दिँदै चीनले अनुदानमा दिन लागेको खोपबारे छलफल भएको बताए ।

यसअघि चीनसँग खरिद गरेको ६० लाख मात्रा खोप आइसकेको छ । यस्तै थप ६० लाख मात्रा खोप आउने चरणमा रहेको छ भने चीनले उपलब्ध गराउने १० लाख मात्रा खोप पनि तत्काल आउने बताइएको छ ।
छलफलमा चीन सरकारले नेपाली सेनाका लागि पनि थप तीन लाख मात्रा खोप अनुदानमा उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ । गोरखापत्र दैनिक










