Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दशैं के हो एकपटक पढ्नुहोस् र जान्नुस्: Limbu Hsakarp

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 29, 2021

(Limbu Hsakarp )

हामी मुलबासी मंगोलको ईतिहास के हो ? को हौं त हामी ? को थिए त ती भुईँमा लम्पसार परेका राजा हरु ?

नुवाकोटको ककनिमा रुम्बा राजा , पञ्चकन्यामा घले राजा , बेतेनिका नाम्सापुरान र गोल्फु मा घ्लान राजा , जिम्नाङमा ल्हो राजा , राउतबेसी नयाँ छेपारमा थिङ राजा ,रसुवाको भार्कुमा मेवाङ घले राजा , गोल्जुङ ,गत्लाङ ,सिम्बन्दी र नुवाकोटको लच्याङमा गोले राजा थिए।

ती स्थानहरुमा रहेको तामाङ राजाहरुको दरबारको अवशेष ( अस्तित्व ) हरु अहिलेसम्म पनि रहेको छन्। त्यस बेलाका लच्याङका गोले राजा र बेतिनी गोल्फुका राजा भिरसिंग घ्लानले पृथ्वीनारायण शाहका सेनाहरुलाइ नराम्रो संग परास्त गरेका थिए। त्यसरी आफू हारेपछि गोले राजा लाई मीत लगाउने र सम्झौता गर्ने बाहानामा चौघडामा निशस्त्र रुपमा ( हातहतियार बिना ) बोलाएर पृथ्वीनारायण शाहका सेनाहरुले अमानबिय ढंगले कायरता पुर्वक हत्या गर्यो।

सन् १७३९ मा गोर्खाका राजा नरभुपाल शाहाले पहिलो पटक नुवाकोट आक्रमण गर्दा धादिङ सेम्जोङका तामाङ राजाद्वारा नरभुपाल शाहाका बिरुद्ध कटुन्जे सामरिका बिचमा लडाँई गरेका थिए। उक्त लडाँईका कारण नुवाकोट आक्रमण असफल भयो। त्यसपछि सेमजोङ्का तामाङ वाइवा राजासँग बार्ता र छलफल गर्ने भनी गोर्खाका राजाद्वारा धादिङको यावेङ खोलाको बगरमा बोलायो। चतुर र षड्यन्त्रकारी शाह राजाले वालुवाभित्र हतियार लुकाइ बसेका थिए भने तामाङ राजालाइ निशस्त्र ( हातहतियार बिना ) उपस्थित गराइएको थियो। त्यसपछि त्यहाँ पनि षड्यन्त्रपुर्ण तरिकाले तामाङ राजालाई मारियो।

वि.सं. १८१३ देखि १८१९ सम्म काभ्रे तिमाल राज्यका तामाङ राजा हृिन्जेन दोर्जेका सेनाहरुले दुई पटकसम्म गोर्खाली फौजलाई लडाइँमा नराम्रो सङ हराएको थिए। वि.सं. १८१९ असोज २ गते शान्ति र मिलापत्र को सन्धी गर्ने निहुमा तेमाल बेसिस्थित कोशिको किनारमा निशस्त्र ( हातहतियार बिना ) बोलाइ वालुवामा लुकाइ राखेको हतियार प्रयोग गरि अमानविय र षड्यन्त्रपुर्ण ढंगले हिृन्जेन दोर्जेको हत्या गरेका थिए। दरबार निकै उचाइ डाडामा भएको हुदा आक्रमण गर्न नसके पछि मीत गर्ने निहुपारी तेमालबेसी कोशिको बगरमा बोलाइएको थियो।

राणाहरुको आदेस मा खटिएका पृथ्वीनारायण शाहले वालुवा मुनि तरवार लुकाएर राखेका थिए। हाम्रा राजा त्यहाँ भेला हुन साथ अन्धाधुन्ध एकाएक वालुवा मुनिबाट हतियार झिकी प्रहार गर्न थालेका थिए। हाम्रो राजा घोडामा थिए छल्दै भाग्ने क्रममा उहाँको पहिलो औला कटिएको थियो। केही छिनमै टाउको पनि काटेर खोलामा बगाइदिए भिडन्त सकेपछी रानी आइन र खोज्दै जादा राजाको खोजि गर्दागर्दै पानीको दह माथी राजाको टाउको तौरिदै गरेको अबस्थामा भेटेपछी रानिले पनि त्यहि डुबेर आत्महत्या गरेकी हुन। जुन औंला काटिएको थियो त्यो ठाउलाइ अहिले पनि औंलाटार भनेर चिँनिदो रहेछ।

अहिले भने तेमाल दरवार को अवस्था निकै पिडादायि रहेको छ नाम मात्र दरबार जुन ठाउँमा अहिले सल्ला घारी रहेको छ, तर ऐतिहासिक ईटाहरु भने अझै पनि छन । यसैगरि दसैं मान्न अस्वीकार गर्दा किराँती राजा र सेनालाइ फाँसि चढाइएको थियो। हाम्रो राजाहरु मारेर बिजयी हासिल गरेको दिनलाइ नै शासकहरुले बिजयी दशमि भनी मनाउने गरेका हुन। जुनदिन हाम्रो खुशीको दिन हैन सर्बस्व लुटिएको कालो दिन हो । त्यो निधारको रातो टीका हाम्रो राजाको रगत हुन त्यो बेलामा सिदुर ,अबिर जस्ता रंग हरु पाइदैन थियो । बिजयी भएको दिन पृथ्वीनारायण शाहले हाम्रो राजाको रगत तिनको सेनालाइ लगाइदिँदै आशिर्वाद दिएको दिन नै दसैं हो। तर यो सबैले बुझ्ने मौका पएनन्।

किनकी कुनै पनि प्राचिन इतिहासहरुमा हाम्रो बारे सत्य ईतिहास कसैले कहिल्यै लेखेनन् र लेख्न पनि दिईन्। जताततै राणा र पृथ्वीनारायणले बाईसे र चौबिसे राज्यको एकीकरण गरेर विशाल नेपाल खडा गरियो भन्ने मात्रै लेखियो। त्यही कालो इतिहासका शिक्षाहरु हाम्रो कलिलो मस्तिष्कमा अमिट छाप भएर गाडिएर बसिरह्यो। तपाईं आफैं पनि कल्पना गर्नुस् कि त्यस्ता शिक्षा पाएका हामिले दसैं हामी सारा नेपालिको महान पर्व हो नभनेर के भन्ने त ? हामीले जाने बुझेकै तेत्ति हो। हामीलाई आजसम्म ती रहस्यमय इतिहास थाहै छैनन्, कसैले जान्ने कोसिस गरेन् शिक्षित बर्गहरुले समेत यसको खोजिनिधी गरेनन्। मात्रै २/४ रुपैयाँको प्रलोभनमा बिकिरह्यो। जानीजानी आफ्नो अस्तित्व मेटाउने कार्यमा उन्मुख भइरहेको पाइयो। आफ्नो इतिहास जान्न बाट बन्चित भए पछि यावत समस्या हरु जुन अहिले हामीले निरन्तर खेपिरहेका छन्। एकपटक सोच्नुस त! ईतिहास कस्को हुँदैन होला? कुन जातिको इतिहास छैन होला फरक यति हो कि कसैको लिपिबद्ध रुपमा लेखियो र सुरक्षित साथ राखियो भने कसैको इतिहास मेटियो र त अहिले गुमनाम भएर दोधारे अवस्थामा रहनु परेको छन् ।

जित्नेको लागि हजार ताली भेटिन्छन्, तर हार्नेको आँसु पुज्ने हात भेटिँदैन भने जस्तै भयो हाम्रो ईतिहास…..
तपाईं हामीले यति थाहा पाएर पनि निधारभरि रातो टीका टाँसेर हिड्नु हुन्छ भने पुर्खाको रगतको मुल्य बिर्सेको दाषि मानसिक्ताले ग्रसित व्यती बाहेक अरु हुन सक्दैनन्।

१.मगर=गोर्खाका राजा मानसिङ खड्कामगरको बारेमा धेरैलाई थाहा नभएको हुन सक्छ । बि.स.१६०० तिर गोर्खामा मानसिङ खड्कामगरले राज्य गर्थे । लमजुङका राजा यशोब्रम्ह शाहका कान्छो छोरा द्रब्य शाहले मानसिङ खडकामगरको राज्यमा दुई पटक सम्म आक्रमण गर्‍यो । तर दुवै पटक हारेर भाग्नु परेको ईतिहास साक्षी छन् । मानसिङ खड्कामगर अत्यन्त वीर साहसी थिए । उनको वीरता र पराक्रमको अगाडी कसैको केही लाग्दैनथ्यो । आमने-सामने लड्दा जित्न नसकिने देखि द्रब्य शाहले कुटनीतिको सहरा लिने बिचार गरे । मानसिङ खड्कामगर राजा भएकोमा त्यहाका खस आर्यहरुलाई मन परेको थिएन । त्यसबेला गोरखामा गंगाराम रानामगर् अत्यन्त प्रभावशाली ब्यक्ति थिए ।

  • विसं १९१० मा जंगबहादुर राणाले मुलुकी ऐन जारी गरे। त्यसको १६३ वर्ष बितिसक्दा पनि यो ऐनको प्रभाव र मुल दिशा कायमै छ।
  • यो ऐनले तागाधारीलाई समाजको सबैभन्दा मिथल्लो तहमा राख्यो। त्यसपछि नमासिन्या मतवाली, मासिन्या मतवाली,छोइछिटो हाल्नु नपर्ने अछुत र छोइछिटो हाल्नुपर्ने अछुतमा वर्गीकरण गर्‌यो।
  • यो ऐन बनेपछि भने राणा र राजाहरुले मात्र विर्ता दिन पाउने भए। यसले गर्दा जंगबहादुर खलक, शाह खलक र यी खलकसँग नजिक रहेका तागाधारीले मात्रै विर्ता पाउने अवस्था सिर्जना भयो।
    ·
  • सबै तागाधारी शोषक र शासक होइनन्, तागाधारी भित्रका निश्चित खलक मात्र शोषक र शासक हुन्। बाँकी तागाधारी त उनीहरूबाटै शोषित छन्। तर, संरचनाका कारणले पाउनले लाभ भने सबै तागाधारीले प्राप्त गरेका छन्।

विसं. १९०३ मा प्रधानमन्त्री बनेका जंगबहादुर राणाले विसं १९१० मा मुलुकी ऐन जारी गरे। त्यसपछिको १६३ वर्ष नेपाली समाजको राजनीतिक, प्रशासनिक, सैन्य तथा सांस्कृतिक क्षेत्रको इतिहास निर्माणमा पथप्रदर्शकका रुपमा यो ऐन रह्यो। धेरैवटा राजनीतिक परिवर्तनपछि पनि त्यसको प्रभाव र मूल दिशा कायमै छ। त्यसैले, विसं १९१० को मुलुकी ऐन नपढे नेपाल बुझिँदैन।
नेपालमा धेरै प्रकारका जाति तथा भाषिक समुदाय छन्। त्यो मुलुकी ऐनले नेपालका सबै जातिलाई निश्चित तहगत कानुनी व्यवस्थामा रहने गरी किटान गरेको छ। उनीहरुले पाउने राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकार पनि तहगत रुपमा निर्धारण गरिदिएको छ।

यो ऐनले तागाधारी अर्थात् जनै लगाउनेलाई समाजको सबैभन्दा माथिल्लो तहमा राख्यो। यो वर्गमा तराई र पहाडका ब्राह्मण, क्षेत्री,राजपुत, ठकुरीलाई राखिएको छ। यसपछिको तहमा जनजाति छन्। तर, जनजातिलाई पनि दुई तहमा विभाजन गर्‍यो– मासिन्या मतवाली र नमासिन्या मतवाली। नमासिन्या मतवालीअन्तर्गत मगर, गुरुङ, राई, लिम्बु र सुनुवार राखियो। बाँकी रहेका तामाङ, थारु, भोटे लगायत सबै जनजाति मासिन्या मतवालीभित्र परे। मासिन्या मतवालीलाई दास बनाउन पाइने भनेर यो ऐनले परिभाषित गर्‍यो।

ऐनले समाजको सबैभन्दा तल्लो तहमा ‘अछुत’ समुदायलाई राख्यो, जसलाई अहिले दलित भनिन्छ। यो समुदायलाई पनि दुई तहमा वर्गीकरण गरियो- पानी चल्ने (छोइछिटो हाल्नु नपर्ने) र पानी नचल्ने (छोइछिटो हाल्नुपर्ने)। छोइछिटो हाल्नुपर्ने जातका त व्यक्तिलाई पनि छुन नमिल्ने भनेर कानुनमा लेखियो। जाति व्यवस्था नै नभएको मुस्लिम समुदायलाई पनि अछुत भनेर किटान गरियो।
यो कानुनले अत्यन्तै विस्तृत ढंगले प्रत्येका जातका अधिकार किटान गरिदियो। यतिसम्म कि कुन जातले कसको जुठो खान हुने भनेर समेत कानुनमै लेखियो। यो तहगत संरचनाले नै आर्थिक र समाजिक अधिकार निर्धारण गर्‍यो।

कुनै पनि सामन्ती समाजको मुख्य सम्पत्ति भनेको जमिन नै हुन्छ। नेपाली समाजमा पनि त्यतिबेला जमिन नै मुख्य सम्पत्ति थियो। नेपालमा लिच्छवी, मल्ल वा सेन राजाहरुको समयदेखि नै विर्ताका रुपमा जमिन दिने चलन थियो। मुलुकी ऐनपछि विर्ता बाँड्ने परम्परामा पनि परिवर्तन आयो। यसअघि आफ्नो क्षेत्रका राजारजौटाले आ–आफ्नो क्षेत्रमा विर्ता बाँड्थे। यो ऐन बनेपछि भने राणा र राजाहरुले मात्र विर्ता दिन पाउने भए। यसले जंगबहादुर खलक, शाह खलक र यी खलकसँग नजिक रहेका तागाधारीले मात्रै विर्ता पाउने अवस्था सिर्जना भयो।

समाजको सबैभन्दा तल्लो तहमा राखिएका अछुतलाई शासकहरुले विर्ता दिने कुरै भएन। जसलाई मासिन्या मतवाली भनेर किटान गरियो, उनीहरुले पनि विर्ता पाउने कुरा भएन। नमासिन्या मतवाली पनि दरबारको निकट रहेर विर्ता पाउने हैसियतमा पुग्ने सम्भावना थिएन।

https://www.facebook.com/aakha.limbu.7

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

बेहाेस भएका मतदान अधिकृतकाे मृत्यु

  • March 3, 2026

चाँगुनारायण कार दुर्घटना अपडेट: सवार पाँच मध्य तिनकाे मृत्यु

  • March 3, 2026

चुनाव बिथाेल्न गाडिमा आगजनि गर्ने प्रसाईंकाे दुई सहयाेगी पक्राउ

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved