Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोरोना भाइरस सङ्क्रमणको जोखिममा विद्यार्थी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 20, 2021

काठमाडौं। कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउने र त्यसले बालबालिकालाई बढी प्रभावित गर्ने आकलन गरिसकेको छ ।

तेस्रो लहर आउने र त्यसमा बालबालिकालाई असर गर्ने भएकाले हरेक अस्पतालमा २० प्रतिशत श(या छुट्याउन मन्त्रालयले निर्देशन दिइसकेको छ । लामो समयसम्म घरमै बसी अनलाइन कक्षा लिइरहेका विद्यार्थीलाई विद्यालय जाँदा रमाइलो महसुस त भएको छ तर कोरोना यथावत् रहेकाले त्रसित वातावरणमा विद्यालय जानुपर्ने बाध्यता उत्पन्न भएको छ ।

कतिपय विद्यालयले कक्षा १२ को परीक्षा सकेपछि विद्यालय सञ्चालन गर्ने बताइरहेका छन् भने कतिपयले सञ्चालन गरिसकेका छन् । ठिमीस्थित एक निजी विद्यालय नियमित सञ्चालन हुन थालिसक्यो । हरिबहादुर मगर आफ्ना पाँच वर्षको बालकलाई विद्यालय पठाउन थालिसकेका छन्। विद्यालयबाट फोन आएपछि नियमित विद्यालय पठाइहाल्नुप(यो, मगरले भने, “कोरोनाको सङ्ख्या दैनिक दुई÷तीन हजार थपिरहेकोले सङ्क्रमण सर्छ कि भन्ने ठूलो डर छ ।”
सानो बच्चा छ, यदि कोरोना सरिहाल्यो भने के गर्ने भन्ने चिन्ताले उनलाई सताउने गरेको छ । उनको दूध डेरी र मासु पसल छ, पसलमा दैनिक ५० जना मानिस आउने गर्छन् । खोप नलगाएका कारण उनलाई ठूलो त्रास छ । सरकारले ४० वर्ष उमेरभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप लगाए पनि उनले हालसम्म खोप लगाउन पाएका छैनन्।

आफूसमेत जोखिममा रहेका बेला सानो बालकलाई विद्यालय लैजान थालेपछि चिन्ताले थप सताउन थालेको छ । यस्तै उद्धव घिमिरेकी छोरी दधिकोटस्थित अरनिको विद्यालयमा अध्ययनरत छन् । घिमिरेलाई कक्षा १२ को परीक्षा सक्नेबित्तिकै अध्ययन नियमित सञ्चालन गर्ने सूचना आएको छ । विद्यालयमा कोरोना लागेका विद्यार्थी आउने सम्भावना रहेकाले छोरीलाई विद्यालय पठाउने कि नपठाउने दोधारमा छन उनि । यस्ता कैयौँ अभिभावक, विद्यार्थी नियमित विद्यालय सञ्चालनमा आएपछि कोरोना सर्ने डरले विद्यालय जाने वा नजाने भन्ने अन्योलमा छन् ।

मन्त्रालयले निजी विद्यालयका सञ्चालक, अभिभावक सङ्घलगायतका सम्बन्धित पक्षसँंग छलफल गरेर स्थानीय तहसंँग समन्वय गरी विद्यालय खोल्ने निर्णय गरिसकेको छ । विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको सुनिश्चितता नगरी विद्यालय सञ्चालन गर्दा कोरोना फैलिने त्रास पनि त्यत्तिकै छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved