Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नवलपुरसहित ३१ जिल्लाकै पुनर्निर्माण प्राधिकरणको कार्यालय बन्द

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 17, 2021

 

रामकुमार श्रेष्ठ, नवलपुर ।

२०७२ साल वैशाख १२ गतेको महाविनाशकारी भूकम्पले क्षति भएका संरचनाहरु निर्माणका लागि गठन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालय बिहीबारबाट बन्द भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालय नवलपुरका प्रमुख राजेन्द्र कार्कीले बिहीबारदेखि कार्यालय बन्द भएको बताए ।

नवलपुरसहित देशका ३१ वटै जिल्लाका इकाइ कार्यालय बन्द भएका हुन् । इकाइ कार्यालय बन्द भएपछि पुनर्निर्माण गर्न बाँकी रहेका सेवाग्राहीहरु अलपत्र परेका छन् । पूर्वी नवलपरासी र पश्चिम नवलपरासी हेर्ने कावासोतीमा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालय र जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) कार्यालय दुवै बिहीबारबाट बन्द भएको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालय नवलपुरले कार्यालयमा रहेका जिन्सी तथा फर्निचरहरु चितवनमा रहेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनालाई हस्तान्तरण गरेको छ । ७८ जना नयाँ लाभग्राही अलपत्र कार्कीका अनुसार नवलपरासीमा ७८ जना पछिल्लोपटक पुनरावेदनको क्रममा भूकम्पबाट भौतिक संरचना क्षति भएको भनी लाभग्राही कायम भई आएका थिए । उनीहरुसँग सरकारले कुनै सम्झौता गरेको छैन भने निजी आवास निर्माणका लागि कुनै रकम पनि उपलब्ध गराएको छैन ।

बुलिङटारमा २१ जना, मध्यविन्दुमा १२ जना, हुप्सेकोटमा १२ जना, देवचुलीमा ११ जना, गैँडाकोटमा १२ जना, बौदीकालीमा ५ जना गरी ७८ जना नयाँ लाभग्राही कायम भएका थिए । उनीहरु लाभग्राही कायम भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालय बन्द भएपछि सेवा लिन कहाँ जाने भन्नेमा अलपत्र परेका छन् । नवलपरासीमा यसअघि निजी आवासतर्फ १ हजार ९९ जना सेवाग्राही कायम भएकोमा १ हजार ८६ जना अर्थात् ९८ दशमलब ८ प्रतिशतले निजी आवास निर्माण सम्पन्न गरेका थिए ।

बाँकी १३ जना सम्पर्कमा नआएको तथा सम्पर्कमा आउन नचाहेका थिए । पुल निर्माणको ४२ लाख भुक्तानी बाँकी देवचुली नगरपालिकाको १२ र ५ नम्बर वडा जोड्ने पक्की पुल पनि आयोजनाले निर्माण गरेको छ । उक्त पुलको अझै ४२ लाख भुक्तानी दिन बाँकी रहेको छ । त्यसैगरी, नवलपरासीमा ११ वटा गुम्बा भूकम्पले क्षति भएकोमा ८ वटा गुम्बा पुनर्निर्माण भएको, १ वटा निर्माणाधीन अवस्थामा रहेको र २ वटाले भवन निर्माण गर्न अनिच्छा देखाएको कार्कीले बताए ।

१४ जना कर्मचारीको बिचल्ली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालय नवलपुरमा रहेका १६ जना कर्मचारीमध्ये २ जना स्थायी कर्मचारी अन्यत्र सरूवा भए पनि बाँकी १४ जना कर्मचारी भने बिचल्लीमा परेका छन् । झन्डै ५ वर्ष सेवा गरेका ती कर्मचारी स्थायी नभएको र कार्यालयसमेत बन्द भएका कारण बिचल्लीमा परेका हुन् । चितवन पोष्ट्बाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved