आफ्ना पिताको नियन्त्रणबाट मुक्त भएलगतै विश्व चर्चित पप गायिका ब्रिट्नी स्पेयर्सले इन्गेजमेन्ट गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार, ३९ बर्षकी ब्रिट्नीले आफ्ना प्रेमी सैम असघरीसँग इन्गेजमेन्ट गरेकी हुन् ।
गायिकाले आइतबार सामाजिक संजालमा इन्गेजमेन्टको औठी देखाउँदै एक भिडियो पोष्ट गरेकी छिन् । उनका प्रेमी सैम इरानका हुन् भने उनी २७ बर्षका छन् ।

ब्रिट्नीले आफूले यो कुरा विश्वास गर्न नसकिरहेको समेत उल्लेख गरेकी छिन् ।
सैमसँग ब्रिट्नी सन् २०१६ मा एकसाथ देखिएकी थिइन् । ब्रिट्नी र सैमले लामो समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्ने तयारी गरेको मिडियाले उल्लेख गरेका छन् । ब्रिट्नीको औठीको डिजाइन एनवाइसी रोमनमा गरिएको हो ।










