Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मुटु दुख्छ गिट्टी कुट्दाकुट्दा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 13, 2021

टाउकोमा नेपाली टोपी, ऊनीको बाक्लो स्विटर, दिउँसोको उखरमाउलो गर्मी, छडीमा छाता अड्काएर दिउँसोको गर्मी छल्दै गिट्टी कुट्दै गरेका भेटिन्छन् उनी ।

कोभिड महामारीको भन्दा भोकको चिन्ता छ उनलाई । गिट्टी कुट्दै साँझ चुह्लो बाल्नु उनको दैनिकी हो । कोरोनाभन्दा पेटको आगो कसरी बुझाउने भन्ने चिन्ता छ उनलाई ।

उमेरले ७७ वर्ष पुगे पनि उनका दुःख ज्यूँका त्यूँ छन् । कोभिडका कारण जारी निषेधाज्ञाको परवाह छैन उनलाई, परवाह छ त भोक(प्यास मेटाउन कामको अनि थोरै आम्दानीको ।

दैलेख ठाटीकाँध १ का आउँसे सुजी यसरी नै गुजारा गरिरहेका छन् । वडा १ को मुख्य आवतजावत हुने ठाउँ भैरवथान नजिकै बसेर उनले गिट्टी कुटेरै दैनिकी चलाएको निकै समय भयो ।

सुनसान बिहान भालेको डाकसँगै आउँछन् र दिनभरि गिट्टी कुट्छन् उनी । बिहानको खाना खाएर ३० किलोको एक बोरा गिट्टी कुटेबापत प्रति बोराको ७० रुपैयाँ पाउँछन् आउँसे ।

कोभिडको समयमा घरमै बसे हुने म बूढालेु, उनले भने, ‘के गरौँ बाबै १ काम नगरी साँझ चुह्लो बल्दैन काम गर्नै पर्‍यो । गिट्टी कुट्दाकुट्दा बूढेसकालमा मुटु दुख्छ, हात-खुट्टा गलेर खाइना छन् ।’

गिट्टी कुट्दाकुट्दा फुटेका हात देखाउँदै उनले भने, ‘आँखा पनि राम्रोसँग देख्दैन, हथौडा गिट्टीमा बजार्दा उल्टै हातमा बाजारिन्छ, म बूढाका दुःख ?

पहिले श्रीमती हुँदा यति दुःख गर्नुपर्दैन थियो । दुई बूढाबूढी भैँसी पाल्थ्यौँ, घीउ बेच्थ्यौं,अहिले श्रीमतीले छाडेर गैहाली ।

उनकी श्रीमतीको मृत्यु भएको छ वर्ष पुग्यो । श्रीमतीको मृत्युपश्चात दुःख नै दुःख भएको बताउँछन् उनी । श्रीमती भएकी भए बरु आफैँ काम गर्थें, श्रीमतीलाई घरमै खाना बनाउन भन्थेँ, यतिका दुःख त हुन्थेनन् भने ।

बिहानदेखि साँझसम्म गिट्टी कुट्दाकुट्दा कहिले साँझ परेको पत्तै पाउँदैनन् उनी । ुछामछुम गरेर अँध्यारोमा घर जान्छुु, उनी भन्छन् ।

घरमा सुजीसहित १६ वर्षीय नाति छन् । नातिले पानी ल्याएर आगो बाले बल्छ, नत्र त्यसै सुत्ने उनी सुनाउँछन् । दिउँसोको उखर्माउलो गर्मीमा गिट्टी कुट्दा फुटेका हात देख्दा नातिले ‘बाज्या, मेरो लागि हजुरलाई बूढेसकालमा यसरी हात फोर्नुपरेको छ है (हजुरको नातिले केही गर्न सकेन है) ’ भनेर झन् भावुक बनाएर टुप्लुक्क आँसु खसाल्दै अँगालोमा आउने उनले बताए ।

क्या गर्नु बाबै तरुनै हुने बेला बरु सुख पाइएका हुन् । ऊ बेला सुख पाएर हो कि अहिले बूढेसकालमा यसरी दुःख गर्नुपरेको छ । हाम्रा पनि सुखका दिन आउलान् नि भनेर मन बुझाउँछुु, उनले निराशा पोखे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved