Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सेप्टेम्बर ११ आक्रमण: २० वर्षपछि पनि यस्ता शङ्का उपशङ्का फैलिरहेका छन्

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 12, 2021
30 shares

सेप्टेम्बर ११ मा आक्रमण भएको केही घण्टाभित्रै सन् २००१ मा इन्टरनेटमा उक्त घटना षड्यन्त्रमूलक योजनाको परिणाम भएको दाबी गर्दै विभिन्न शङ्का उपशङ्काहरू व्यक्त गरिए। सामाजिक सञ्जालको विस्तारसँगै त्यस्ता दाबीको दायरा र परिमाण त्यसयता बढ्दै गएको छ।

अमेरिकाको ९/११ आयोग, सरकारी निकायहरू र विज्ञ समूहहरू कुनै गुप्त षड्यन्त्र भएको अस्वीकार गर्छन्।

तर ९/११ ट्रूथ मुभमन्ट सञ्चालन गर्ने अमेरिकाभित्र र बाहिरका अभियानकर्ताहरू तथ्य लुकाइएको दाबी गर्छन्।

यो अभियानका कैयौँ अग्रणी सदस्यले कोभिड-१९ र खोपको सम्बन्धमा षड्यन्त्र भएको छ भन्ने मान्यताहरू पनि पत्याएको देखिन्छ।

अनि कतिपय वरिष्ठ नेता, चर्चित व्यक्तित्व र सञ्चारकर्मीहरूले पनि सरकारी विवरणमाथि आशङ्का गरेका छन्।

‘विश्व सरकार’

षड्यन्त्र भएको मान्यतालाई प्रश्रय दिने ‘क्यूएनन’ जस्ता अनलाइन अभियानहरूले अमेरिकी ‘डीप स्टेट’ अर्थात् सरकारी नीतिहरूलाई नियन्त्रणमा राख्न सक्ने व्यक्तिहरूको समूह आक्रमणका लागि जिम्मेवार रहेको बताउँछन्।

त्यस्ता अभियानकर्ताहरूले यो विचारलाई व्यापक बनाएका छन्।

  • दुई दशकअघि सेप्टेम्बर ११ मा अमेरिकामा के भएको थियो
  • ९/११ आक्रमणका ‘योजनाकार’ कसरी अमेरिकी गुप्तचरको हातबाट फुत्किएका थिए

लूज चेन्ज नामक चलचित्रहरूको शृङ्खलाका अनलाइन क्लिपहरूले कैयौँ गलत विवरण फैलाएका छन्।

कतिपयले अमेरिकी सरकारले आफैँ आक्रमण गराएको वा आक्रमण हुने जानकारी पहिल्यै पाएको र त्यसो हुन दिएको तर्क गर्छन्।

यी मिथ्या समूहहरू यस्ता हमलाहरूलाई देखाउँदै नागरिक स्वतन्त्रतामा अङ्कुश लगाउनुपर्ने र तानाशाही विश्व सरकार गठन गरिनुपर्ने योजना बनाइरहेका विश्वका अभिजात्य वर्गका पछिल्ला अनलाइन अभियानहरूसँग निकट छन्।

तस्बिरको क्याप्शन,कतिपय अनलाइन माध्यममा अमेरिकी सरकार नै आक्रमणमा जिम्मेवार रहेको दाबी गर्ने गरिएका छन्

अनलाइनमा व्यापक रूपमा शेअर गरिएको एउटा दाबीमा भनिएको छ, “जेटको इन्धनले स्टीलका बीमहरूलाई पगाल्न सक्दैन।”

त्यसको अर्थ वर्ल्ड टेड्र सेन्टरका ट्विन टावरलाई विस्फोटक पदार्थहरूले ढालिएको थियो भनेर लगाउने गरिएको छ।

तर आधिकारिक प्रतिवेदनले ठक्कर दिएका विमानहरूले दुवै गगनचुम्बी भवनहरूलाई आड दिएका बीमहरूमा उल्लेख्य क्षति पुर्‍याएका थिए र आगो निभाउने क्षमतालाई बिगारिदिएका थिए।

त्यसबाहेक कतिपय क्षेत्रमा आगोले तापक्रम १,००० डिग्री सेल्सीअसम्म पुगेको थियो।

उच्च तापक्रमका कारण स्टीलका बीमहरू सग्लो रहन सकेनन् र अन्ततः भवनहरू भत्किए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

आजकाेे लागि विदेशी मुद्राको विनिमयदर

  • September 23, 2026

प्रतिनिधिसभाको बैठक बस्दै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved