काठमाडौं । व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रबन्धक निर्देशकसमेत रहेका राणाको काठमाडौंको बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको हो ।

उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए । उनी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव पनि बनेका थिए ।










