बेल्जियमले घरेलु टोली बेलारुसलाई १–० ले पराजित गरेको हो । बेल्जियमको जितमा डेनिस प्राएटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३३औं मिनेटमा एलेक्सिस साइलिमेकर्सको पासमा गोल गरेका थिए ।
बेलारुसविरुद्धको खेलमा फरवार्ड रोमेलु लुकाकु चोटका कारण खेलेका थिएनन् । प्रशिक्षक रोबर्टाे मार्टिनेजले कप्तान इडेन हाजार्डलाई दोस्रा हाफमा मैदान उतारेको थियो ।

यही समूहको अर्काे खेलमा वेल्स घरेलु मैदानमा इस्टोनियासँग गोलरहित बराबरीमा रोकिएको छ । बल पोसेसनमा बलियो पकड बनाएपनि वेल्सले इस्टोनियाको बलियो रक्षापङ्ति तोड्न सकेन ।
यो नजितापछि बेल्जियम ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ५ खेल खेलेको चेक रिपब्लिक ७ अंक जोडेर दोस्रो स्थानमा रहँदा ४ खेलबाट वेल्सले ७ अंक जोडेपनि गोल अन्तरमा तेस्रो स्थानमा रहेको छ । बेलारुसले ५ खेलबाट ३ अंक जोड्दा इस्टोनियाको ४ खेलबाट १ अंक छ ।










