Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पहिलो विदेशी प्रशिक्षकसँगै महिला टोलीको दशरथ रंगशालामा डेब्यू

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 9, 2021

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफाको मान्यता प्राप्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विहीबार बंगलादेशको सामना गर्दा दशरथ रंगशालामा पहिलो पटक खेल्दै हुनेछ । यसअघि उमेर समूहको राष्ट्रिय टोलीले रंगशालामा खेलिसकेपनि सिनियर टोलीले भने खेल्न पाएको थिएन ।

सन् २०१६ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमार्फत महिला टोलीले घरेलु मैदानमा अन्तर्राष्ट्रिय डेब्यु गरेको थियो । साफ महिला च्याम्पियनसिप २०१६ को तयारीस्वरूप खेलिएको उक्त खेलमा नेपालले १-० को जित दर्ता गरेको थियो । त्यो खेल प्रशिक्षक कुमार थापाको पहिलो थियो । थापाले उक्त खेलमा ६ खेलाडीलाई डेब्यू दिएका थिए ।

थापाकै नेतृत्वमा नेपाली टोलीले भारतको सिलिगुडीमा भएको साफ च्याम्पियनसिपमा प्रदर्शन त सुधार्यो, तर नतिजा हेर्दा भने टोली असफल देखिन्छ । साफ च्याम्पियनसिपको इतिहासमा फाइनल पुग्न नसकेको एकमात्र प्रतियोगिता त्यहि नै बन्यो । भारत अर्को समूहबाट उपविजेता बन्दै आएपछि समूह विजेता नेपाल सेमिफाइनलमा पराजित भएको थियो ।

नेपालले सन् २०१९ मा पहिलो पटक महिला सिनियर टोलीको प्रतियोगिता आयोजना गर्ने क्रममा विराटनगरमा महिला साफ च्याम्पियनसिप आयोजना गर्यो । उपाधि यात्रामा पुन: एकपटक भारत तगारो बन्दा नेपाल उपविजेतामा सिमित भयो । त्यसपछि सन् २०१९ मा पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा पनि नेपालले भारतलाई हराउन सकेन ।

दशरथ रंगशालामा नेपालले पहिलोपटक खेल्दा टोलीमा ७ नयाँ खेलाडी डेब्युको प्रतीक्षामा हुनेछन् । विदेशी प्रशिक्षक ग्यारी फिलिप्सले आक्रमणमा नयाँ खेलाडी उतार्ने सम्भावना प्रबल छ । टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी चोटका कारण बाहिर हुनु र अर्की फरवार्ड शर्मिला थापा टोलीमा नै नपर्नुले पनि युवा खेलाडीलाई अवसरको ढोका खुलेको छ ।

मुख्य फरवार्डको भूमिकामा प्रशिक्षक फिलिप्सले अनिता केसीलाई पनि प्रयोग गर्न सक्छन् । उनलाई साथ दिन सरु लिम्बु पनि उपलब्ध छिन् । यसबाहेक युवा फरवार्डत्रय रजनी थोकर, रश्मी घिसिङ र सविता राना डेब्युको प्रतिक्षामा रहनेछन् । तीनैजना महिला फुटबलमा नेपालको उर्वरस्थल रौतहटका हुन् । रश्मी भने गत वर्ष आर्मीमा अनुबन्धित भएकी थिइन् । मिडफिल्डर प्रिती राई पनि दोस्रो फरवार्डको रुपमा खेल्दै डेब्यु गर्ने सम्भावना रहेको छ ।

डिफेन्समा निशा थोकर, सिर्जना सिंह र विमला विक पहिलो पटक टोलीमा परेका छन् । यसबाहेक टोलीमा नियमित खेल्दै आएका गीता राना, हिरा भुजेल, पुनम जर्घा मगर, अमृता जैसी र पुजा राना आफ्नो स्थान बलियो पार्न तत्पर छन् । हिरा र गीताको स्थान पक्का जस्तै देखिन्छ ।

गोलरक्षकमा पनि टोलीमा तीव्र प्रतिस्पर्धा छ । लामो समयदेखि टोलीको पोस्ट सम्हालेकी एन्जिला तुम्बापो सुब्बालाई अन्जना राना मगर र उषा नाथले चुनौती दिइरहेका छन् । अन्जनाको घरेलु फुटबलमा उच्च प्रदर्शन रहेकोले पनि उनले स्थान बनाउन सक्छिन् । प्रशिक्षक फिलिप्सले तीनै गोलरक्षकमध्य जो पनि खेल्न सक्ने बताएका छन् ।

मिडफिल्डमा नेपालले दिपा राई र रेनुका नगरकोटेको अनुभवको सदुपयोग गर्नेछ । यी दुवै भर्खर चोटबाट फर्केकाले प्रशिक्षक फिलिप्स केहि संयम रहन सक्छन् । इन्दिरा राई यी दुईलाई केहि विश्राम दिन विकल्पका रुपमा रहनेछिन् । यसबाहेक अनिता बस्नेत, विमला चौधरी र मन्जली तामाङमध्य दुई जनाले विंगमा खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved