Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कांग्रेसले नमानेका मुद्दा उठाँदै प्रचण्डले निकाले ‘आन्दोलन’को प्रसङ्ग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 9, 2021

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सत्ता गठबन्ध तोड्ने प्रयास भइरहेको बताउँदै गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसलाई रूचिकर नलाग्ने मुद्दाहरू पनि उठाएका छन्।

देशभित्र र बाहिरबाट त्यो प्रयास भइरहेको र बहाना अमेरिकी सहायता परियोजना एमसीसीलाई बनाउन लागेको उनको भनाइ छ।

तर उनै प्रचण्डले आफूले सत्ता सहकार्य गरिरहेको नेपाली कांग्रेसले असहमति जनाउँदै आएका राजनीतिक विषय उठाएर आन्दोलनमा भिड्ने अवस्था आउन सक्ने बताएका छन्।्

प्रचण्ड नेपालमा चर्को बहसको विषय बनेको एमसीसीप्रति नकारात्मक छैनन् तर यथास्थितिमा संसद्बाट पारित हुन नसक्ने बताउँदै आएका छन्।

  • अमेरिकासँग गरिएको एमसीसी सम्झौता किन विवादमा
  • ‘महराकै कारण अमेरिकासँगको सम्झौता संसद्‌बाट अनुमोदन नभएको होइन’

काठमाण्डूमा आयोजित एउटा कार्यक्रममा उनले भने, “देशभित्र र बाहिरबाट यो गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ। एमसीसी प्रयोग गरेर फुटाउन सकिन्छ कि भनेर एकथरी लागिरहेका छन्।”

अमेरिकी पत्रबाट चित्त बुझाउलान्?

प्रचण्डका भनाइमा ‘सकेसम्म गठबन्धन बचाएर देशलाई क्षति नहुने ढङ्गले त्यसको समाधान सकारात्मक ढङ्गले होस्’ भन्ने उनी चाहन्छन्।

उनी भन्छन्, “तर अर्को वर्ग चुप लागेर बसेको छैन।”

आफूले षड्यन्त्रमा संलग्न देखेका देश बाहिर र भित्रका शक्ति वा व्यक्तिबारे भने उनले खुलाएनन्।

उनी निकट वर्षमान पुनले गम्भीर रूपमा गठबन्धन फुटाउने प्रयास भइरहेको तर त्यो सम्भावना तत्काल नरहेको बताए।

यस्तो स्थितिमा प्रचण्डले एमसीसीका सन्दर्भमा देखेको सकारात्मक समाधनको विकल्प के हुनसक्छ?

कतिपयले नेपाल सरकारको आग्रह अनुसार अमेरिकाले थप स्पष्ट पारेमा त्यो मिलनबिन्दु हुनसक्ने ठानेका छन्।

  • एमसीसी ढिलो अनुमोदन भए नेपालले ‘थप आर्थिक भार बेहोर्नुपर्ने’
  • प्रधानमन्त्री पक्षमा रहेको सम्झौताको विपक्षमा किन नेकपाका नेता

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको भनाइमा अमेरिकाको जबाफपछि त्यसबारे अध्ययन हुन्छ।

तर उनको पार्टीलाई सम्झौतामा उल्लेखित विषयमा पत्रमार्फत् दिएको जबाफ मात्र पर्याप्त हुने छैन।

उनी भन्छन्, “सम्झौतामा एउटा लेख्ने तर पत्रमार्फत् त्यो होइन भनेर मात्र हुँदैन, संशोधन हुनुपर्छ।”

कांग्रेसले नमानेका कुरा उठाउँदै प्रचण्ड

प्रचण्डले कांग्रेसले अस्वीकार गरेका विषयहरूलाई पनि जोडदार रूपमा उठाउने बताएका छन्।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा उठाए।

त्यसको निम्ति पहिले एमाले र कांग्रेस लगायतका दलहरूसँग छलफल गर्ने र त्यसपछि जनतामाझ बहस लैजाने उनको योजना छ।

प्रचण्डले भन्छन्, “अब त्यति गर्दा पनि भएन भने आन्दोलनमा जाने, भिड्ने। शान्तिपूर्ण आन्दोलनको आँधीबेहरी, हुरी चलाउनुपर्ने पनि हुनसक्छ।”

  • ‘देउवा र ओलीले ल्याएका अध्यादेशमा आकाश-जमिनको अन्तर’: प्रचण्ड
  • प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, ओली पक्षीय सांसदद्वारा पनि पार्टी निर्णय अवज्ञा

नेकपा एमाले र कांग्रेस जस्तो पार्टी नहुनका निम्ति भन्दै प्रचण्डले ‘समाजवादीतिर जाने भन्ने तर संसद्‌वादको बाटो हिँडेर नपुगिने’ ठहर सुनाए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved