महामारीका कारण मानिसहरूको यौन व्यवहारमा आएको परिवर्तनका साथै मानिसहरूले कम परीक्षण गरेका कारण यो कमी आएको विज्ञहरूले बताएका छन्।
निषेधाज्ञाका प्रावधानहरू कम भएपछि मानिसहरूलाई सामाजिक दूरीलाई यौन रोगसँग नसाट्न चेतावनी दिइएको छ भने जोखिमपूर्ण यौन सम्पर्कपछि परीक्षण गर्न सुझाव दिइएको छ।

यौन रोगहरू लक्षणविहीन हुनसक्ने र कन्डमको प्रयोगले सङ्क्रमण कम गर्न सकिने बताइएको छ।
इङ्गल्यान्डमा सन् २०२० मा तीन लाख १८ हजार यौन रोग सङ्क्रमणहरू भेटिएको थियो। सन् २०१९ मा यो सङ्ख्या चार लाख ६७ हजार थियो।
पब्लिक हेल्थ इङ्गल्यान्डका अनुसार निरीक्षण गरेर पत्ता लगाउनु पर्ने यौन रोगमा सबैभन्दा धेरै कमी आएको हो। तर आफै परीक्षण गर्न सकिने यौन रोगमा पनि कमी देखिएको छ।
तर सन् २०१९ को तुलनामा सन् २०२० मा यौन रोगसम्बन्धी परामर्श सेवा लिने १० प्रतिशतले र चिकित्सकसँग भेटेर परामर्श लिनेको सङ्ख्या ३५ प्रतिशतले घटेका छन्।










