Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

म्यानपावरलाई कहाँबाट आउँछ अनधिकृत पैसा असुल्ने आँट ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 8, 2021

कतार प्रहरीमा छनोट भएका युवाबाट ७ लाख रुपैयाँका दरले रकम असुलेर अल तौकेत ओभरसिजले कुनै पनि शुल्क नलिने कतार सरकारको सर्तको सरासर उल्लंघन गरेको छ । मूलतः यो प्रकरणले उक्त सर्त पालना गराउनुपर्ने नेपाल सरकारको जिम्मेवारीमाथि प्रश्न उब्जाएको छ ।

कतार प्रहरीमा अन्तर्वार्ता दिन गएका उम्मेदवारको सोमबार कागजात जाँच गर्दै अल तौकत ओभरसिज नेपालको गेटमा बाउन्सर । पहिल्यै छनोट भएकालाई मात्र कागजात हेरी उनीहरूले छिर्न दिएका थिए । यो तस्बिर खिच्दा उनीहरूले ‘डिलिट’ गर्न दबाब दिएका थिए । तस्बिर : केशव थापा/कान्तिपुर

ओभरसिजले अनधिकृत तवरले २०० उम्मेदवारबाट १४ करोड रुपैयाँ उठाएको हो । श्रम गन्तव्य मुलुकको नीतिबमोजिम आफ्ना नागरिकलाई शून्य लागतमा पठाउने प्रबन्ध मिलाउनु नेपाल सरकारको दायित्व हो । त्यसैले सरकारले ओभरसिजमाथि आवश्यक छानबिन गर्नुपर्छ र उम्मेदवारबाट अनधिकृत ढंगले लिइएको रकम फिर्ता दिलाई प्रक्रियालाई स्वच्छ र पारदर्शी बनाउनुपर्छ । अन्यथा यसमा सरकारका सम्बद्ध व्यक्ति तथा निकायहरूको पनि मिलेमतो भएको अर्थ लाग्नेछ ।

ओभरसिजले गैरकानुनी तवरले रकम मात्र असुलेको छैन, निष्पक्ष ढंगले उम्मेदवार छनोट गरेको पनि देखिन्न । उसले औपचारिकता पूरा गर्न मात्रै सोमबार अन्तिम अन्तर्वार्ता लिएको थियो । अन्तर्वार्ता दिन आएका उम्मेदवारको कागजात जाँच्न ढोकामा बाउन्सर राखेको ओभरसिजले पहिल्यै छनोट भएकालाई मात्र कागजात हेरी छिर्न दिएको थियो । विश्वासिला एजेन्टबाट पहिल्यै ७ लाख रुपैयाँ बुझाएकालाई मात्रै प्रक्रियामा छनोट गरिएको रहेछ । यसका निम्ति उनीहरूलाई पैसा भने सीधै ओभरसिजको खातामा नभएर व्यक्तिका नाममा आईएमईमार्फत जम्मा गर्न लगाइएको रहेछ । उनीहरूलाई भिसा आएपछि थप ३ लाख रुपैयाँ बुझाउन भनिएको छ । यस हिसाबले ओभरसिजले उनीहरूबाट थप ६ करोड रुपैयाँ उठाउँदै छ ।

एउटा म्यानपावर कम्पनीलाई कहाँबाट आउँछ यसरी अनधिकृत पैसा असुल्ने आँट ? त्यसैले यसमा कतै आफ्नै निकाय तथा अधिकारीहरूसमेतको मिलेमतो त छैन भनेर पनि सरकारले अनुसन्धान गर्नुपर्छ । यस्तो प्रवृत्तिले सम्बन्धित मुलुकले दिएको सुविधाबाट नेपाली लक्षित वर्गलाई वञ्चित गरेको मात्र हुँदैन, नेपालको कानुनी शासनलाई पनि चुनौती दिइरहेको हुन्छ । र, यसबाट वैदेशिक रोजगारीका क्षेत्रमा शक्ति तथा पहुँच भएकाहरूले जे गरे पनि हुने गलत मान्यता स्थापित हुन्छ ।

तसर्थ, यो क्षेत्रमा थिति कायम राख्न पनि सरकार यो बेथितिप्रति चुपचाप बस्न मिल्दैन । कामदारलाई शून्य लागतमै कतार जाने सुनिश्चित गर्ने जिम्मेवारीबाट भाग्ने छुट सरकारलाई छैन । कामदार छनोट प्रक्रियाकै लागि कतारले म्यानपावर कम्पनीलाई सेवाशुल्क दिएको छ । नियमानुसार म्यानपावरले कामदारको एक महिनाको तलब बराबरको सेवाशुल्क पाउँछ, र कामदारले कुनै लागत शुल्क तिर्नुपर्दैन । तर पनि नेपाल सरकारले भर्ना प्रक्रिया पारदर्शी र कानुनसम्मत भए/नभएको अनुगमन नगर्दा म्यानपावरहरूले मनलागी गर्न पाएका हुन् । वास्तवमा सरकारको कमजोरीकै कारण म्यानपावर कम्पनीले आफूखुसी गर्न सकेको हो, जसका मारमा उपायहीन कामदारहरू परेका हुन् ।

म्यानपावरको मनपरीप्रति सरकार यति धेरै मूकदर्शक भएको देख्दा लाग्छ— शासन संयन्त्रमा भएका अधिकारीहरूले नै उसलाई यसका लागि छुट दिएका छन् । कतिसम्म भने, ओभरसिजले सोमबार गरेको अन्तर्वार्ताका लागि वैदेशिक रोजगार विभागले प्रतिनिधिसम्म पठाएको थिएन । विभागले कतार प्रहरीको सन्दर्भमा उजुरी नपरेकाले अनुगमन नगरिएको प्रतिक्रिया दिएको छ । सामान्यतः म्यानपावरले बढी पैसा लियो भनेर उजुरी गरेपछि मात्र अनुगमन गरिने विभागको स्पष्टोक्ति छ । तर, उजुरी नै नपरे पनि कतार प्रहरीजस्तो आकर्षक जागिरका लागि अनुचित कार्य हुन सक्ने आशंका गर्दै विभागले यसमा ध्यान दिनुपर्थ्यो/पर्छ । उजुरी पर्दा मात्र नभएर आफ्नो निगरानी तथा सार्वजनिक सूचनाका आधारमा पनि विभागले वैदेशिक रोजगारीका लागि छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन भूमिका खेल्नुपर्छ ।

मागपत्र प्रमाणीकरण गर्ने प्रक्रियामै शक्तिकेन्द्रहरूको चलखेल भएकाले विभागले अनुगमन नगरेको हुन सक्ने व्यवसायीहरूको आरोप तुकहीन लाग्दैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १० हजार रुपैयाँ सेवाशुल्क लिई कामदार पठाउने नीति लिएपछि अन्तिम श्रमस्वीकृति जारी गर्नुअघि छानिएका उम्मेदवारलाई वैदेशिक रोजगार कार्यालय, ताहाचलमा सनाखत गर्ने नीति लिएको थियो । तापनि मन्त्रालयले ओमान जाने हकमा मात्रै यो नीतिलाई कार्यान्वयन गरेको छ । कतार प्रहरीमा जाने उम्मेदवारको हकमा पनि यही प्रक्रिया अपनाइनुपर्छ, जसरी हुन्छ कतारको निःशुल्क भर्ना प्रक्रियालाई सरकारले गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्छ ।

यस्तै, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सिद्धान्तअनुसार भर्ना प्रक्रियालाई नैतिक (पारदर्शी) बनाउन रोजगारदाता मुलुक पनि त्यत्तिकै जिम्मेवार हुनुपर्छ । जुन सर्तमा म्यानपावर कम्पनी छनोट गरेर भर्ना गर्ने जिम्मेवारी कतारले दिएको छ, त्योअनुसार काम भएको छ कि छैन भनेर कतारले पनि हेर्नुपर्छ । कतार प्रहरीमा जाने नेपालीको ‘स्पोन्सर’ कतारको आन्तरिक मन्त्रालय हो, उसले पनि भर्ना प्रक्रियालाई पारदर्शी बनाउन कडिकडाउ गरेमा छनोट भएका कामदारसँग रकम असुल्न नेपालको म्यानपावर स्वतः हच्किन्छ । तर, यस्तो प्रवृत्ति कायमै रहेमा नेपाली नागरिकहरूको कतार प्रहरी सेवामा प्रवेशको दिगोपनमाथि बाधा उत्पन्न हुन सक्छ । त्यसैले यस विषयको संवदेनशीलता महसुस गरी नेपालका अधिकारप्राप्त निकाय तथा अधिकारीहरू शक्तिकेन्द्रको प्रभाव र व्यक्तिगत स्वार्थबाट मुक्त हुनु उत्तिकै अनिवार्य छ ।

प्रकाशित : भाद्र २३, २०७८ ०७:३३

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved