Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मूल्य बढाउन उत्पादन रोक्दा बजारमा सिटामोल अभाव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 8, 2021

काठमाडौं । ज्वरोका विरामीका साथै दुखाइ कम गर्न प्रयोग गरिने औषधि पारा सिटामोल अभाव हुन थालेको छ ।कच्चा पदार्थको भाउ बढेको भन्दै औषधि उत्पादकहरुले मूल्य झण्डै दोब्बर बनाउन माग गरेका छन् । तर सरकारले कोरोना महामारीको समयमा मूल्य बढाउन नसक्ने बताएपछि थुप्रै कम्पनीले उत्पादन नै रोकेका छन् ।

बजारमा पनि माग बढेकाले बजारमा पारासिटामोलको अभाव हुन थालेको औषधि व्यवस्था विभागले स्वीकार गरेको छ । ‘चरम अभावकै अवस्था त होइन, तर उत्पादन र वितरणमा सन्तुलन नमिलेका कारण केही असहज अवस्था आएको छ’ विभागका सूचना अधिकारी सन्तोष केसीले भने ।

किन भयो अभाव ?

सरकारले २०६४ सालमा पारासिटामोल अधिकतम मूल्य प्रतिगोटा १ रुपैयाँ निर्धारण गरेको थियो । त्यसयता मूल्य समायोजन भएको छैन । कच्चा पदार्थको मुल्य बढेकाले यो मूल्यमा बेच्न नसक्ने औषधि उत्पादकहरु बताउँछन् ।

तर कोभिड महामारीको समयमा मूल्य बढाउन सरकार तयार छैन । ‘कच्चा पदार्थको मूल्यवृद्धि भएसँगै औषधि उत्पादक कम्पनीहरुले मूल्य समायोजन हुनुपर्ने माग राखेका छन् । तर यो महामारीको अवस्थामा मूल्य वृद्धि गर्न सक्ने अवस्था छैन’ सूचना अधिकारी केसीले भने ।

यद्यपि अनुकूल समयमा यो विषयमा अध्ययन गर्ने औषधि व्यवस्था विभागले बताएको छ ।

सरकार मूल्य बढाउन तयार नभएपछि औषधि उत्पादक कम्पनीहरुले उत्पादन कटौती गरेका छन् । औषधि उत्पादक कम्पनी संघका अध्यक्ष नारायणबहादुर क्षेत्रीका अनुसार नेपालमा २५/२६ वटा औषधि उत्पादक कम्पनीले पारासिटामोल उत्पादन गर्दै आएका थिए । अहिले २/४ वटा कम्पनीले मात्रै उत्पादन गरिरहेको छ ।

‘एकातिर कम्पनीहरुले उत्पादन गर्न छाडेका छन् भने अर्कोतिर माग पनि बढेको छ, यसले गर्दा बजारमा सिटामोलको अभाव देखिएको हो’ क्षेत्री भन्छन् ।

प्रतिगोटा १ रुपैयाँ ७० पैसा पुर्‍याउन माग

औषधि उत्पादक संघका अध्यक्ष क्षेत्रीका अनुसार पारासिटामोलको मूल्य समायोजनबारे जेठको पहिलो हप्ता सरोकार पक्षबीच छलफल भएको थियो ।

औषधि व्यवस्था विभाग, नेपाल औषधि आयातकर्ता संघ लगायतको उपस्थितिमा भएको छलफलमा औषधि उत्पादक कम्पनीहरुले सिटामोलको मूल्य प्रतिगोटा १ रुपैयाँ ७० पैसा पुर्‍याउनुपर्ने प्रस्ताव गरेका थिए ।

तर मूल्य समायोजनका लागि सरकारले अहिलेसम्म चासो नदेखाएको अध्यक्ष क्षेत्रीले बताए । ‘सरकारले १४ वर्षअघि तोकेको मूल्य नै अहिलेसम्म लागू भइरहेको छ,’ संघका अध्यक्ष क्षेत्रीले भने, ‘कच्चा पदार्थ तीन–चार गुणाले बढेको हुनाले सरकारले तोकेको मूल्यमा बेच्दा लागत पनि उठ्दैन । तर पनि केही कम्पनीले कोरोना महामारीको अवस्थालाई हेरेर सेवा भावको रुपमा उत्पादन गरिरहेका छन् ।’

तर महँगोमा कच्चा पदार्थ किनेर सस्तोमा पारासिटामोल बेच्‍न कुनै पनि कम्पनी तयार नहुने उनले बताए । अघि भने, ‘प्रतिगोटा सिटामोल उत्पादन गर्न डेढ रुपैयाँभन्दा बढी लागत लाग्छ । घाटा खाएर एक रुपैयाँमा कसरी बेच्न सक्छौं ?’ ratopati.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved