Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र भारत भिड्दै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 5, 2021

अर्काे महिना माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो । विहीबार पहिलो हाफमा अन्जन विष्टको गोलबाट लिएको अग्रतालाई नेपालले जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो ।

दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल जितको लक्ष्यसहित मैदान उत्रनेछ । टोलीका कुवेती मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको पहिलो खेलमा रहेको सुरुवाती ११मा केहि परिवर्तन गर्न सक्नेछन् । साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीका धेरै भन्दा धेरै खेलाडी प्रयोग गर्ने लक्ष्य रहेको प्रशिक्षक अलमुताइरीले बताएका थिए ।

गोलरक्षक तथा कप्तान किरण चेम्जोङले आइतबारको खेल खेलेमा उनी नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् । उनले बिहीबार खेल्दै पूर्व कप्तान विराज महर्जनको ७३ खेलको कीर्तिमानसँग बराबरी गरेका थिए । यद्यपि उनले पूरा समय खेल्नेमा भने शंका छ । प्रशिक्षक अलमुताइरीले आवश्यक परेको खण्डमा अन्य गोलरक्षक पनि तयार रहनुपर्ने हुँदा केहि समय दिने बताएका थिए ।

पहिलो खेलमा अनन्त तामाङसँगै दिनेश राजवंशी, सुमन अर्याल र गौतम श्रेष्ठले रक्षापङ्ति सम्हालेका थिए । डिफेन्समा धेरै विकल्प पनि नरहेकाले यसैले निरन्तरता पाउने देखिन्छ । मिडफिल्डमा पुजन उपरकोटी, तेज तामाङ र सुमन लामा रहँदा विंगर फरवार्डको रुपमा आयुष घलान र अन्जन विष्ट तथा अग्रपङ्ति नवयुग श्रेष्ठले सम्हालेका थिए । आजको खेलमा मिडफिल्डमा केहि परिवर्तन हुन सक्छ । आक्रमणमा पनि मनिष डाँगी र आशिष लामा टोलीमा आउन सक्छन् ।

प्रशिक्षक अलमुताइरीले अनुभवी मिडफिल्डरद्वय विशाल राई र सन्तोष तामाङलाई बेञ्चमा राख्दा युवा विंगर आयुष घलानलाई पहिलो रोजाईमा मैदानमा उतारेका थिए । आयुषले घरेलु डेब्युमा राम्रो छाप पनि छाडेका थिए । विशाल राइले पनि बेन्चबाट आएर राम्रो प्रदर्शन गरे ।

प्रशिक्षक अलमुताइरीले गोलरक्षक विशाल श्रेष्ठ वा दीप कार्कीमा एकलाई डेब्यु दिने सम्भावना छ । अघिल्लो मैत्रीपुर्ण खेलमा नितिन थापाले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । डिफेन्डर राजन गुरुङ पनि पहिलो खेलको पर्खाइमा छन् ।

यता, दक्षिण एसियाली पावर हाउस भारत पनि घरेलु टोली नेपाललाई हराउने लक्ष्यमा मैदान उत्रनेछ । भारतसँग कप्तान सुनिल क्षेत्रीसँगै गुरप्रित सिंह सन्धु, आकाश मिश्रा, ब्रान्डन फर्नान्डेस, रहिम अली, सुवासिस बोस, लिस्टन कोलाको, मनविर सिंह, अनिरुद थापा, चिङलेनसाना सिहं कोन्साम र राहुल भेके रहेका छन् । पहिलो खेलमा हाफ टाइममा नै ४ परिवर्तन गरेको भारतले दोस्रो खेलमा पनि निकै परिवर्तन गर्ने देखिन्छ ।

नेपालले भारतलाई सन् २०१३ यता हराउन सकेको छैन । अनिल गुरुङ र जुमानु राईको गोलमा नेपालले सन् २०१३ मा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपमा भारतलाई २–१ ले पराजित गरेको थियो । त्यसयता नेपालले दक्षिण एसियाली महारथीविरुद्ध जित हात पार्न सकेको छैन ।

यसक्रममा ६ खेलमा नेपालले चार हार र २ बराबरी निकालेको छ । अहिलेसम्मका २० खेलमा नेपालले २ खेल जितेको छ । ५ खेलमा बराबरी गरेको छ । बाँकी १३ खेलमा भारतले नेपाललाई हराएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार जस्तै ५ हजार १ सय दर्शकले मात्र रंगशाला पुगेर फुटबल हेर्न सक्ने बताएको छ । कोरोनाविरुद्धको दुवै खोप लगाएका वा कोरोना टेष्ट नेगेटिभ भएकाले मात्र खेल्न हेर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved