Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

टोक्यो पाराओलिम्पिक्स: तीन मिनेट ढिलो पुग्दा स्वर्ण पदक खोसियो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 3, 2021

अन्तर्राष्ट्रिय पाराओलिम्पिक्स कमिटी आईपीसीले एक मलेशियाली खेलाडीको स्वर्ण पदक खोस्ने आफ्नो निर्णयको प्रतिरक्षा गरेको छ।

शटपुट खेलाडी मोहम्मद जियाद जोल्केफ्लीले एफ२० श्रेणीमा स्वर्ण पदक जिते। तर पछि उनी खेल स्थलमा तीन मिनेट ढिला पुगेको भन्दै उनलाई अयोग्य घोषणा गरियो।

आईपीसीले ढिलो पुग्दा उनले कारण देखाएकाले उनलाई प्रतिस्पर्धा गर्न दिइएको बताएको छ।

तर खेलपछि निर्णायकले उनले ढिलो हुने “उचित कारण” नदिएको बताएका थिए।

आईपीसीको निर्णयपछि मलेशियालीहरू सामाजिक सञ्जालमा यसप्रति आक्रामक देखिएका छन्।

  • पारालिम्पिक्समा नेपाली खेलाडी, पदक जित्ने सम्भावना कति
  • ५७ वर्षअघि एक नेपाली बक्सरको रोमाञ्चक ओलिम्पिक्स यात्रा

“अपमानजनक! ढिलो भएको भए खेलाडीलाई प्रतिस्पर्धा गर्नै दिनुहुन्न। जियादबाट मेहनतले विश्वकीर्तिमानसहित जितेको पदक खोस्नु हुन्न,” सांसद फाहिम फाद्जिलले लेखेका छन्।

मलेशियाका युवा तथा खेलकुदमन्त्री अहमद फाइजुल अजुमीले राष्ट्रिय खेलकुद परिषद्लाई यो विषयमा अनुसन्धान गर्न आदेश दिइएको बताएका छन्। उनले जोल्केफ्लीबाट पदक खोस्ने निर्णयले निराश बनाएको बताए।

सामाजिक सञ्जालमा ह्याशट्याग जियाद ट्रेन्डिङ हुन थालेको छ।

धेरै जनाले रजत पदक जितेका तर पछि स्वर्ण पदक पाएका युक्रेनी खेलाडी मक्स्याम कोभलप्रति आक्रोश व्यक्त गरेका छन्।

मलेशियाली सञ्चारमाध्यमका अनुसार युक्रेनले जोल्केफ्ली ढिला आएको भन्दै उजुरी हालेको थियो।

आईपीसीका प्रवक्ता क्रेग स्पेन्सले निर्णयपछि अनलाइनमा ज्यादै नराम्रा प्रतिक्रियाहरू आएको र तीमध्ये धेरैले युक्रेनीहरूलाई लक्षित गरेको बताए।

“मलाई माफ गर्नुहोस्। नियम मान्नुपर्छ। निर्णय भइसक्यो। मलेशियाली खेलाडी ढिलो आउनुको दोष युक्रेनलाई दिन मिल्दैन,” उनले समाचारसंस्था एपीलाई भनेका छन्।

स्पेन्सले जोल्केफ्ली र ढिला आएका अन्य दुई खेलाडीले आफूले बोलाएको नसुनेको वा आफूले नबुझ्ने भाषामा भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved