Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजनीतिक उतारचढावकाे कारण युवा शक्ति निराश छन् : अर्थमन्त्री जनार्दन शर्मा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 1, 2021

 

काठमाडौं । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सुन्दर राष्ट्र बनाउने अभिभारा युवा पुस्तामा रहेको बताएका छन् ।अबको १० वर्ष नेपाल राष्ट्रको लागि महत्वपूर्ण रहेको बताउँदै उनले यही अवधिमा चुनौतिहरुलाई पन्छाउँदै प्रगतितर्फ अगाडि बढ्नुपर्ने बताए ।

काठमाडौंको रविभवनस्थित ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि.को भवन शिलान्यास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले युवाहरुले देश विकासका लागि समय ननिकाल्ने हो भने पछि देशमा विकास गर्न खोज्दा पनि गर्न नसकिने बताए ।

अर्थमन्त्री शर्माले भने, ‘हाम्रो देशको विकास गर्नका लागि हामीसँग भएको पर्याप्त साधन, श्रोत, जनशक्ति अहिले जे छ, नेपाल युवा बहुल जनशक्तिमा छ, यो १० वर्षको अवधिमा हामीले यो देशलाई विकास गर्न सक्यौँ भने यो एउटा अवसर हो, यदि यो १० वर्षको अवधि प्रयोग गर्न सकेनौँ भने क्रमशः अहिलेको युवा, प्रौढ हुँदै, वृद्धहरुको बाहुल्य हुने अवस्था सिर्जना हुन्छ, त्यतिबेला हामी विकास गर्छौं भनेर पनि, हाम्रो श्रम प्रयोग गर्छौं भनेर पनि नसक्ने अवस्था सिर्जना हुन्छ ।’

अर्थमन्त्री शर्माले युवाले देखेको देशको विकास र समृद्धिमा भ्रष्टाचार, राजनैतिक समस्या भइरहेकाले युवाहरु निराश भएको र अब त्यस्तो नैराश्यता पैदा हुन नदिने आश्वासन दिए । अबको युवापुस्ताले देश विकास गर्ने जिम्मा अब हाम्रो हो भन्ने सोचेर अघि बढ्नुपर्ने उनले बताए ।

‘आजको युवा पुस्ताले राष्ट्रको विकास र समृद्धिको जो अपेक्षा गरेका छन्, तर देशमा विकृति विसंगती, भ्रष्टाचार, राजनीतिक समस्या देख्दा युवा निराश हुने खतरा छ, म आहृवान गर्न चाहन्छु, अबको युवा पुस्ताले यो राष्ट्र निर्माण गर्ने हो ।’

उनले भने, ‘राजनैतिक परिवर्तनका एजेण्डाहरुमा हामी लड्यौं, राजनीतिक एजेण्डाहरुमा धेरै सुधार भएका छन्, धेरै जनताका अधिकारहरु स्थापित भएका छन्, तर स्थापित अधिकारहरुलाई अब कार्यान्वयन गरेर साँच्चिकै सुन्दर राष्ट्र बनाउने अभिभारा अबको युवा पुस्तामा छ ।’

अबको १० वर्ष नेपाल राष्ट्रको लागि महत्वपूर्ण रहने भन्दै उनले यही अवधिमा धेरै समस्या, र चुनौतिहरुलाई पन्छाउँदै प्रगतितर्फ अगाडि बढ्नुपर्ने बताए ।

देशमा उत्पादनमुखी अर्थतन्त्रको आवश्यक्ता रहेको भन्दै उनले आफूसँग भएका स्रोत साधनहरुलाई नै प्रयोग गरेर आत्मनिर्भर बन्न सकिने बताए ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved