नेपालसँग तय भएका दुई मैत्रिपूर्ण खेलका लागि भारतीय टोली आज नेपाल आइपुगेको छ । विमानस्थलमा ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाली भाषामा नै सञ्चार माध्यमलाई प्रतिक्रिया दिए । प्रतिक्रिया दिने क्रममा उनले हजुरबा, हजुरआमा, आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेललाई पनि प्रशंसा गरे । नेपालमा आइपुगेपछि सञ्चारकर्मीसँगको कुराकानीको सम्पादित अंश यस्तो रहेको छः
नेपालमा आएर खेल्न पाउँदा खुसी छौं । मैत्रिपूर्ण खेल खेल्न नेपालसँग त्यहि सहज छैन । नेपालले निमन्त्रणा गरेकोमा धन्यवाद दिन चाहन्छु । यसको निकै महत्व छ । अहिले कोभिडका कारण अवस्था कठिन छ । यस्तो अवस्थमा पनि नेपालले राम्रो हस्पिटालिटी दिएर बोलाउनु भएकोमा धन्यवाद दिन चाहन्छौं । मैत्रिपूर्ण खेल नेपालसँग खेल्न पाउँदा खुसी लागेको छ

नेपालमा खेल्न पाउँदा मलाई निकै खुसी लाग्छ । एउटै भाषा छ । हजुरबा, हजुरआमा यहीँबाट हुनुहुन्थ्यो । ममी पनि यहीबाट हुनुहुन्छ । सबै नेपालीलाई सुरक्षित भएर बस्न आग्रह गर्छु ।










