Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बजारबिनाको परिस्थितीमा तिज गीतको प्रतिस्पर्धा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 20, 2021

काठमाडौं । कोरोनाले सबै व्यापार–व्यवसाय थलिएका बेला यसको प्रभाव गीत–संगीतमा भने गत वर्षबाट नै खासै परेको देखिँदैन । स्टेज पफर्मेन्समा प्रभाव परे पनि रेकर्डिङमा कोरोनाको असर त्यति धेरै देखिएन । यसको उदाहरणका रुपमा गत वर्ष तिजका गीतमा भएको लगानीलाई लिन सकिन्छ ।

गत वर्षझैँ यसवर्ष पनि तिज गीतमा लगानी होला ? गत वर्षकै हाराहारीमा यो वर्ष पनि तिज गीतमा लगानी हुने लोक तथा दोहोरी गीत प्रतिष्ठानको अनुमान छ । निषेधाज्ञा केही खुकुलो हुन बित्तिकैदेखि तिजका गीत रेकर्ड हुन थालिसकेको थियो । जोर–बिजोर प्रणालीमा सवारीसाधन चल्न दिएपछि अहिले स्टुडियोमा तिज गीत रेकर्ड गर्नेको भिड लाग्न थालेको छ ।

“अहिले तपाईं जुनसुकै स्टुडियो जानुभयो भने तिज गीत रेकर्ड गर्नेको भिड देख्नुहुन्छ । यही चापमा अझै तिजसम्म गीत रेकर्ड गर्ने हो र भिडियो बनाउने हो भने पाँच करोड रुपैयाँ यो वर्ष पनि तिज गीतमा लगानी हुन्छ,” प्रतिष्ठानका अध्यक्ष रमेश बिजी भन्छन् ।

तिजका गीतमा चर्को अस्वस्थ प्रतिस्पर्धा भइरहेको उनको भनाइ छ । अर्कोले गायो मचाहिँ पछि परेँ भन्ने मनोविज्ञानले तिज गीत रेकर्ड भइरहेको उनी बताउँछन् । “उसले गाउँदा म किन नगाउने भनेर ऋणधन गरेर भए पनि रेकर्ड गराइहाल्ने प्रवृत्ति हामी कलाकारमा छ,” रमेश भन्छन्, “यो अस्वस्थ प्रतिस्पर्धाले अन्ततः नोक्सान लगानी गर्ने कलाकारलाई नै भइरहेको छ, गीतअनुसार समग्र लोक संस्कार र संस्कृतिमा परिरहेको छ ।”

मोटो रकम लगानी भए पनि त्यसको प्रतिफल भने न्यून रहेको उनको भनाइ छ । गीत र भिडियो गरेर एउटै गीतमा दुई लाखदेखि माथि लगानी हुने तर त्यसको ‘रिटन्र्स’ भने कमैले मात्रै पाइरहेका छन् । सयौँ गीतमध्ये केहीले मात्रै लगानी उठाइरहेको रमेश बताउँछन् ।

कोरोना संक्रमणभन्दा अगाडि देश तथा विदेशमा हुने स्टेज कार्यक्रमबाट केहीले लगानी उठाउने गरे पनि अहिले आम्दानीको यो स्रोत बन्द छ । त्यसैले युट्युब भ्युजका आधारमा मात्रै आउने पैसाले कमैको मात्रै लगानी उठ्छ । कोरोना संक्रमणले विज्ञापन बजार प्रभावित हुँदा युट्युबको ‘पेमेन्ट’ दर पनि घटेको छ ।

संगीतकार तथा रेकर्डिङ स्टुडियो सञ्चालक बिबी अनुरागी रेकर्डिङका लागि थुप्रै प्रस्ताव आइरहेको बताउँछन् । लगानी सुनिश्चित हुने वातावरण नहुँदा पनि तिज गीत रेकर्डिङ गर्नका लागि फोन गर्ने र भेट्न खोज्नेहरुको ठूलो संख्या रहेको उनको भनाइ छ । “संक्रमणको त्रास नसकिएकाले मैलेचाहिँ पहिलाको जस्तो रेकर्डिङ गरिरहेको छैन । तर, अरु स्टुडियोमा धमाधम तिज गीत ठूलो संख्यामा रेकर्डिङ भइरहेको सुनेको छु,” प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोका सञ्चालक तथा व्यवस्थापक बिबी भन्छन् ।

तिज गीतका नाममा चर्को अस्वस्थ प्रतिस्पर्धा भइरहेको भन्दै विकृति र विसंगति फैल्याउने काम भएको उनको ठहर छ । “कसैले म मेरो देशको कला, संस्कृति र लोकभाका तथा साहित्यको संरक्षण गर्न तिजका गीत गाइरहेको छु भन्छ भने त्यो सरासर ढोङ हो,” बिबी स्पष्ट सुनिए, “सबैले व्यावसायिक प्रयोजनकै लागि गीत रेकर्ड गराइरहेका छन् । सत्य कुरा बोल्न डराउनु हुँदैन । एकाधबाहेक अधिकांशको उद्देश्य व्यावसायिक गीत गाउनु नै हो ।”

यद्यपि, व्यापारिक प्रयोजनले लगानी भइरहे पनि कमाइको दृष्टिले सफलता प्राप्त नभइरहेको उनी सुनाउँछन् । सानो लगानीमा तयार पारिएका एकाध गीतले लगानी उठाए पनि त्यो अपवाद मात्रै रहेको उनको भनाइ छ ।

“त्यसले गायो म किन नगाउने भनेर गाउने चलन छ । त्यसले भन्दा म बढी खर्च गरेर भिडियो बनाउँछु भन्ने अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ,” बिबी भन्छन्, “व्यवसाय त्यहाँ हुन्छ, जहाँ मानो रोपेर मुरी उब्जाइन्छ । तर, यहाँ त मुरी रोपेर मानो फलाइरहेको अवस्था छ । चार/पाँच लाख रुपैयाँ लगानी गरेर गीत र भिडियो बनाएर युट्युबमा भ्युज देखाउन विभिन्न पेजबाट बुष्ट पनि गर्ने गरिन्छ । यो अस्वस्थ प्रतिस्पर्धाले संस्कृतिको जगेर्ना हुन्छ भन्ने मलाई लाग्दैन ।”

लोकगायिका हरिदेवी कोइराला तिजका गीतमा चरम विकृति रहेको बताउँछिन् । असारे गीत गाउने समयभन्दा अगाडिदेखि नै तिज गीत रेकर्ड हुन थालेको उनी बताउँछिन् । तिज गीतका नाममा विकृति भित्रिरहेको उनको ठम्याइ छ । जबसम्म संस्कृति कसरी बचाउने भन्ने चिन्ता, चेतना र मोह विकास हुँदैन, त्यो समयसम्म संस्कृतिमाथिको अतिक्रमण नरोकिने उनको धारणा छ ।

“यो अप्रत्यक्ष रुपमा संस्कृतिमाथिको प्रहार हो । अप्रत्यक्ष रुपमा यसले हाम्रो संस्कृतिलाई निलिरहेको छ । त्यसैले यसमा राज्य चनाखो हुनुपर्ने अवस्था छ,” हरिदेवी भन्छिन्, “वास्तविक भाकाको खोजी तथा संरक्षण र सम्वर्द्धन गर्दै अहिलेको नयाँ पुस्तामा ल्याउनुपर्ने देखिन्छ ।” यसका लागि राज्यसँगै कलाकारले पनि प्रयास गर्नुपर्नेमा उनको जोड छ ।

सांस्कृतिक गीतमा संस्कृतिको धारमा बसेर गीत गाउनुपर्ने तर अहिले चल्ने र चलाउने नाममा तिजका गीतमा मसला हाल्ने काम भइरहेको उनको गुनासो छ । “परम्परागत शब्द, भाका र मर्म तिज गीतले बोक्नुपर्ने तर यसो गरिए मन छुँदैन भन्ने गरेको मैले सुनेको छु । यी र यस्तै समस्या र विचलनले हामीले हाम्रो संस्कृति गुमाइरहेका छौँ,” हरिदेवी भन्छिन्, “माटो, संस्कृति र मनोविज्ञानसँग जोडिएका कुराहरु हामी गुमाउँदै छौँ । सांस्कृतिक, ऐतिहासिक पक्षलाई जोगाउँदै आउँदो पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्त्व हो ।” तर, यसमा धेरैको ध्यान नखिचिएको उनको भनाइ छ ।

लोक तथा दोहोरी गीत प्रतिष्ठानले केही समयअगाडि द्विअर्थी शब्द प्रयोग गरेर तिज गीत नगाउन आग्रह गरेको थियो । तिज गीतका नाममा विकृति भित्रिरहेको भन्दै अश्लील गीत र भिडियो नबनाउन प्रतिष्ठानका अध्यक्ष रमेश बिजी आग्रह गर्छन् । “यो कसैले भनेर र आग्रह गरेर भन्दा पनि सबैभन्दा पहिला कलाकार आफैँ नैतिक रुपमा सचेत हुनुपर्छ,” उनी भन्छन् ।

आग्रहलाई कोही कलाकारले बेवास्था गर्छ भने प्रतिष्ठानले उसलाई हेर्ने नजर फरक हुने उनको चेतावनी छ । अन्य गीतमा जे–जस्तो भए पनि पर्व गीतमा कलाकारले संयमता अपनाउनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved