Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

फुडबल का किङ मेस्सी दुई वर्षका लागि पीएसजीमा जाने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 11, 2021

काठमाडौं । अर्जेन्टिनी फुटबल टिमका कप्तान तथा सुपर स्टार लिओनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा (पीएसजी)मा अनुबन्धित भएका छन् ।

मेसीले मंगलबार फ्रेन्च लिग वान क्लब पीएसजीसँग २ वर्षका लागि सम्झौता गरेका छन् । स्पानिस क्लब बार्सिलोना छाडेको दुई दिनपछि नै फ्रेन्च क्लबले ३४ वर्षीय मेस्सीलाई पेरिसमा भित्र्याउँदै दुई वर्षका लागि अनुबन्ध गरेको हो ।

यस्तै मेस्सीका लागि तेस्रो वर्ष पनि पेरिसमै बस्ने विकल्प खुल्ला गरिएको छ । पीएसजीले मेस्सीलाई फ्रि एजेन्टका रुपमा अनुबन्ध गरेको हो ।

पीएसजी युरोपियन च्याम्पियन्स लिग जित्ने महत्वकांक्षाका साथ पछिल्लो वर्ष स्टार खेलाडीहरु अनुबन्ध गरिरहेको छ । ला लिगाको आर्थिक नियम बाधक बन्दा मेस्सीले दुई दिनअघि मात्र आफ्नो प्रिय क्लब बार्सिलोना छाड्नुपरेको थियो ।

६ पटकका बालोन डे ओर अवार्ड विजेतालाई अनुबन्ध गरेपछि पीएसजीमा अब मेस्सीसंगै नेमार र किलिएन एमबाप्पेको अट्याकिङ लाइन हुनेछ ।

यसअघि नै पीएसजीले अच्रफ हाकिमीलाईलाई इन्टरबाट अनुबन्ध गरेको थियो भने सर्जियो रामोस, जर्जिनिओ विजनाल्डम र जियानलुजी डोनारुम्बालाई फ्रि एजेन्टको रुपमा अनुब्धन गरेको थियो ।

बार्सिलोनामा दुई दशक भन्दा बढी समय बिताएर पीएसजी पुगेका मेसीले नयाँ क्लबमा करियर शुरु गर्न आफू आतुर रहेको बताएका छन् ।

‘पेरिसमा मेरो करियरको नयाँ अध्ययाय सुरु गर्न म उत्साहित छु । यस क्लबको सपना मेरो महत्वाकांक्षासँग मेल खाने खालका छन् ।,’ मेस्सीले सम्झौतापछि भनेका छन् ।

मेस्सीले पीएसजीको खेलाडी र स्टाफको क्षमताको बारेमा आफू जानकार रहेको पनि बताए । ‘म उनीहरुसँगै मिलेर क्लबमा राम्रो गर्न प्रतिबद्ध छु ।’ मेस्सीले पार्क डे प्रिन्सको पिचमा जान समेत आफू आतुर रहेको बताए ।

त्यस्तै पीएसजीका अध्यक्ष नासेर अल खेलैफीले मेस्सीलाई आफ्नो भित्र्याउन पाउँदा निकै खुसी लागेको बताएका छन् । ‘लिओ मेस्सीले पीएसजीलाई छनोट गरेकोमा म खुशी छु र उनलाई पेरिसमा हाम्रो परिवारमा स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ,’ नासेरले भने ।

मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने भएका छन् ।

मेस्सी १३ वर्षको उमेरमै सन् २००० मा बार्सिलोनामा आबद्ध भएका थिए । उनले ला मासियाको युथ एकेडेमी हुँदै २००३ मा सिनियर टिममा डेब्यु गरेका थिए । मेस्सीले क्याटलान क्लबका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् । उनी बार्सिलोना र ला लिगाका कीर्तिमानी गोलकर्ता समेत हुन् । ६ पटका बालोन डे ओर अवार्ड विजेता मेस्सीले बार्सिलोनामा १० ला लिगा र ४ च्याम्पियन्स लिगसहित कुल ३५ वटा उपाधि जितेका थिए ।

फोटो : पीएसजीको ट्विटरबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved