काठमाडौं । कोरोना भाइरस कोभिड–१९ विरुद्धको दोस्रो डोज भेरोसेल खोप आज देखी देशैभर लगाईदैछ ।
पहिलो खोप लगाएको २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुने श्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दोस्रो डोज खोप लगाउन आउने नागरिकले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड र विद्युतीय (अनलाइन फारम) दर्ता नम्बर ल्याउनु पर्ने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काको भनाई रहेको छ ।
असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ ।
यसअघि स्वास्थ्य मन्त्रालयले साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सन्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको थियो ।










