Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पत्रकार लाई धम्क्याउने झापाका लाक्पा बिरुद्ध राजदुतावास र प्रहरीमा उजुरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 1, 2021

यूएई सम्बाद दाता ।

झापा जोरपानी ७ का लाक्पा लामाले सर्वसाधारणबाट लाखौं रकम लिएर भिजिट भिजामा यूएई ल्याई अलपत्र पारेको भन्दै नेपाली राजदुतावास अबुधावीमा निवेदन दिएका छन् भने पत्रकारलाई धम्याएकोमा प्रहरीमा उजुरी परेको छ ।
झापा झिलझीलेका कुमार प्रधानले भने, ‘लाक्पा लामाकी श्रीमती सीतल राजधामी (तामाङ) हाम्रो घरमा आईन्, ३ दिन बसिन्, मेरो साउदी अरबमा रेस्टुराँमा काम गरेको अनुभव भएकोले यु.ए.ई.मा काम नपाउन्जेल आफ्नै फ्लाटमा खाने बस्ने र राम्रो काम लगाईदिने भनिन् ।

आमाको सुन धितो राखेर, दुईलाख दिएर भिजिट भिजामा यूएई पुगेँ, त्यहाँ पुग्दासाथ सीतल राजधामी तामाङले नेपाल एयरपोर्टमा ‘सो’ गरेर लगेको एक हजार डलर मागिन्, हामीले दियौं’ प्रधानले भने, ‘हामीलाई कोठामा लगियो, त्यहाँ तीनतले आलमुनियमका खाटहरु थिए, कोहि भाँचिन लागेको अबस्थामा थिए, पच्चीस् जनालाई एउटै कोठामा खाँदिएको थियो । जताततै उडुसहरु हिंडेका थिए । कोठामा केहि थोत्रा ओढ्ने ओछ्याउने थिए ।’

लाक्पा र उनकी श्रीमति सीतलबाट पीडित बनेका प्रधान भन्छन् ‘शौचालय एउटा मात्र थियो जताततै दुर्गन्ध थियो । त्यो कोठामा केही दिन त खानाको ब्यबस्था गरे, त्यसपछि हामीलाई नेपाल एम्बेशि एनआरएन र नेपाली समाजले नखुवाएको भए हामी सायद जीवित रहने थिएनौ ।’ उनले गुनासो गरे, ‘लाक्पा लामाले हामीलाई रसलखैमामा काममा लगाईदिने भनेर अबुधाबी देखि पठानी गाडिमा पठायो तर कोरोनाको कारण दुबईबाट जान दिएन । हामीले लाक्पाको बुढाबुढीलाई कल ग¥यौं रिसिभ् गरेनन् ।’

उनले भने, ‘पठानी ड्राइभरले कल गर्दा तिनीहरुलाई त्यहीँ बाटोमा छोडेर आइज भनि जवाफ दियो । हामीलाई ड्राइभरले अबुधाबी त ल्यायो लाक्पाले ड्राइभरको पाउनुपर्ने पैसा नदिएकोले हामी सबैजनाको पासपोर्ट, झोला सबै दिनभरनै राखिदिएको थियो । हामीले कुकुरले नपाउने दुःख पाएका थियौ । सो कुरा नेपाल एम्बेशिलाई पनि राम्ररी थाहा छ हामीलाई एम्बेशीले राहत सामग्री दिएको थीयो ।’
झापाकै बिर्तामोडका सुजन शिवाकोटी पनि लाक्पाबाट पीडित बनेका छन् । शिवाकोटीले भने, ‘त्यहाँको कष्ट सम्झिन मन लाग्दैन, लाक्पा लामाले हामीलाई दिनु दुःख दियो । बंगालीले तिमीहरु कोठाबाट निस्क, तिमीहरुको एजेन्टले कोठा भाडा तिरेको छैन भन्दै खाना पकाउने ग्यासको सिलिन्डर फालिदिन्थ्यो ।’

लाक्पाले कहिलेकाहीं फलानो ठाउँमा काम छ भन्दै आफैले व्हाट्सएपमा बनाएको नक्कली डिमाण्ड लेटर पठाउने गरेको खुलासा भएको छ । डिमाण्ड लेटरको फोन नम्बर डायल गर्दा लाक्पाको आफ्नै नम्बर हुन्थ्यो । शिवाकोटी भन्छन्, ‘मैले यहाँबाट दुईलाख बीस हजार तिरेर गएपनि धेरैपटक घरबाट पैसा मगाउनु परेको थीयो । लाक्पाले कतै काममा लगाउन सकेन, अन्ततः हामीलाई पत्रकार कृष्ण कुँवरले सहायता नगरेको भए हामी ओभर स्टे फाईन् पर्नेथियौ । हामी नेपाल फर्कन सक्ने थिएनौ । हामीले नेपाली समाज एनआरएन र पत्रकारहरुसंग धेरैपटक सहायता मागेका थियौं ।’

त्यस्तै पोखरा नागढुङ्गाका कृष्ण दमाईले भने, ‘मैले दुई लाख पचास हजार लाक्पाको मान्छेलाई नेपालमा दिएको हुँ, एयरपोर्ट सो गरेको हजार डलर (एक लाख बीस हजार रुपियाँ) पनि लाक्पा लामालाई दिएको थिएँ । मलाई चार महिना सम्म लाक्पाले दिनु दुःख दियो, फोन गर्दा फोन उठाउँदैन थियो । हामीले पाँच–पाँच दिराम उठाएर खाना खान्थियौं, हामीलाई धरानका प्रकाश पौडेल (गायक) ले धेरै सहायता गरेका थिए ।’
लाक्पाबाटै पीडित बनेका मोरङ उर्लाबारीका जीबन लामाले भने, ‘म जिम ट्रेनर हुँ, म लाक्पा लामाको श्रीमती सीतल राजधामीकै गाउँको मान्छे हुँ, मलाई जिम ट्रेनरको काम लगाईदिन्छु भनिएको थियो तर त्यहाँ लगेर बेपत्ता नै बनायो, कुनै काम पाईएन, अहिले सम्म लगेको दुई लाख रुपियाँ फिर्ता गर्ने कुरा नै छैन ।’

चितवन टाँडीका बिरेन्द्र शर्माले चितवन भण्डाराका बिबेक तिमल्सिना लाई एक लाख बीस हजार रुपियाँ बुझाएको र तिमल्सिना मार्फत लाक्पा लामालाई एक हजार डलर सहित दुई लाख पचास हजार डुबाएको, अहिले दुबईमा बल्लतल्ल आफै सानो काम खोजेर बसेको बताए ।
गोर्खाका अजय तामाङले दुई गेडा प्याज र दुई गेडा टमाटर र केही खुर्सानीको फोटो देखाउँदै भने, ‘हामी पच्चिस जनालाई यत्ति तरकारी छुट्टयाएको थियो । लाक्पा लामालाई एक हजार डलर र बाँकी बिबेक तिम्सिनालाई जम्मा दुई लाख असी हजार बुझाएर यूएई आएका हौं । यहाँ हामीले धेरै दुःख पायौं ।

नेपाली दुताबास अबुधाबीमा २०७७ बैशाख २१ मा लाक्पा लामा र उनीसँग सम्बन्धमा रहेर नेपालबाट यू.ए.ई. ल्याउने चितवन भण्डाराका बिबेक तिमिल्सिना बिरुद्द बीस जना पीडितहरुले चार महिनासम्म खान बस्न नदिएको, बीमारी हुँदा उपचार नगरेको, कुनै वास्ता नगरेको, फोन गर्दा “जा जहाँ गएर जे उजुरी गर्नुछ गर’ भनेर धम्की दिएको भन्ने निबेदन दिएका थिएका थिए ।
नेपाली दुताबास भन्छ ‘पछिल्लो समयमा यू.ए.ई.मा भिजिट भिजामा आई अलपत्र परेकाको सूची यति धेरै छकी आंकलन गर्न नै नसक्ने अबस्था छ ।’
यसैबीच पीडितहरूको बिषयमा समाचार तयार पार्दै गर्दा पत्रकार माथि लाक्पा लामाले अभद्र व्यवहार गरेका छन् । झापाको बिर्तामोडमा रहेका पत्रकारको श्रीमतिलाई फोन गरेर ‘काम छ फलाना ठाउँमा भेट्न आउनु’ भनेका थिए । म घर बाहिर आउँदिन काम जरुरी परे घरैमा आउनु भनेपछि लाक्पाले पत्रकारको घरमा १५÷२० जना युवाहरु कार तथा मोटर साइकलमा पुगेका थिए । त्यहाँ लाक्पाको विषयमा कुनै नराम्रो खबर नछाप्न दबाब दिँदै ज्यानको धम्की दिएका थिए । लाक्पा र उनी श्रीमति अहिले पनि युएईमा नै छन् । बैदेशिक रोजगारीमा मान्छे लगेर अलपत्र पारेको र घरमा खराब नियतका धेरै ब्यक्तिहरु पठाएको, गालीगलौज र चरित्रहत्या गरेको भन्दै लाक्पा लामा, शीतल राजधामी र पत्रकारको घर घेरा हाल्न आएका समूहको विरुद्ध जिल्ला प्रहरी कार्यालय झापामा कार्बाही र सुरक्षा ब्यबस्थाको लागि वैशाख १५ गते उजुरी दिइएको छ ।
लाक्पाका विरुद्धमा नेपाली राजदुतावास यूएई तथा जिल्ला प्रहरी कार्यालय झापामा निवेदन परेको छ । दुतावासले नेपाल सरकारसँग समन्वय गरेर कार्वाही अगाडि बढाउने जनाएको छ भने प्रहरीले आवश्यक प्रक्रिया पुरा गरेर कार्बाही गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चुनाव बिथाेल्न गाडिमा आगजनि गर्ने प्रसाईंकाे दुई सहयाेगी पक्राउ

  • March 3, 2026

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved