Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

७२ वर्षे ‘ बा’को गौशाला–काभ्रे पैदल यात्रा आनुभब

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 30, 2021

वैशाख १७ बनेपा ।

उमेरले ७२ पुगिसके । अनुहार चाउरी परिसक्यो । ढाका टोपी र कोट लगाएका उनी कुप्रो पर्दै सकसका साथ हिँडिरहेका छन् । देब्रे खुट्टा खोच्याउँदै अघि बढ्छन्, छिनछिनमा सुस्केरा हाल्दै रोकिइरहन्छन् । गाह्रो भएपछि सडक किनारमै थचक्क बस्छन् र फेरि गन्तव्यतिर अघि बढ्छन् ।

उनी अर्थात् रामेछाप, प्रितीका शेरबहादुर बस्नेत । कोभिड–१९ को महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लगाइएको उनलाई थाहा थियो । निषेधाज्ञा लागू हुनुअघि घर जान दुईदिन समय दिइएको बारे पनि उनी जानकार छन् । तर भन्छन्, ‘टिकटको जोरजामै गर्नै सकिएन ।’

सुरुमा त उनलाई घर जान्नँ भन्न लागेको थियो । तर प्रशासनले एकसाता भनेको निषेधाज्ञा मन्त्रिपरिषद्ले थप सात दिन लम्ब्याएको थाहा पाएपछि गौशालास्थित भदैको घरमा लामो समय बसिरहन उनको मनले मानेन । ‘आफन्त कहाँ सधैँ बसेर हुन्छ र ?’ प्रश्न मिश्रित भावमा उनी भन्छन् ।

त्यही कारण उपचार गर्न र मन्दिर दर्शन गर्न भन्दै काठमाडौं आएका उनले निषेधाज्ञाका बीच हिँडेरै रामेछाप पुग्ने अठोट लिए । र, कालो झोला भिरेर उनी शुक्रबार जोशका साथ पैदल यात्रामा निस्किए ।

पहिले पनि हिँडेकै बाटो भन्दै गौशालाबाट निस्किएका उनी बनेपा पुग्दा चाहिँ निकै थकित देखिन्थे । ‘काभ्रेसम्म पुगेपछि बसपार्कमा गाडी पाइन्छ कि भन्ने आश थियो’ हिँड्दै कुरा गरेका उनले भने, ‘हेरौं के हुन्छ !’

गौशालास्थित कोठामा खाना खाएर विहान ८ बजे निस्किएको उनलाई बनेपा पुग्न उनलाई साढे ५ घन्टा लाग्यो । ‘पोहोर प्रितीमै मोटरसाइकलले ठक्कर दिँदा खुट्टा गइहाल्यो’ उनले सुनाए, ‘त्यसपछि राम्रोसँग हिँड्नै सक्दिन ।’

आराम गर्दैगर्दै आउँदा साढे २ बजे मात्रै बनेपा पुगेको उनले बताए । ‘यहाँबाट त बस पाइन्छ कि’ उनी सोध्दै थिए । उनीसँगै हामी पनि बसपार्कतिर लाग्यौं । काभ्रेमा निषेधाज्ञा थिएन । सडकमा सवारीसाधनहरु चलिरहेको देखिन्थे । यद्यपि बसपार्कमा पनि लामो दूरिका सवारीसाधन खासै देखिएनन् ।

खुर्कोटसम्म जाने एउटा टाटा सुमो चाहिँ भेटियो । ‘बा.. यसमै जानुस्, त्यहाँबाट केही पाइएला नि’ पूरै भनिनसक्दै सानो स्वरमा उनी सुनिए, ‘रामेछापै हिँडेर जान्छु भनेर आएको हुँ, जहाँसम्मको भेटिए पनि गइहाल्छु ।’

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

बेहाेस भएका मतदान अधिकृतकाे मृत्यु

  • March 3, 2026

चाँगुनारायण कार दुर्घटना अपडेट: सवार पाँच मध्य तिनकाे मृत्यु

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved