खाेटाङ। पुर्बि नेपालकाे खाेटाङ जिल्लामा २०६७/०५/२५ मा बुवा रबिन्द्र ओझा तथा आमा जानकी बराल “जो अहिले नर्भिक अस्पतालको बेडमा आफ्नो रोग सङ लडिरहेकि छन् ” उहाको काेखबाट जन्मिएकि आश्रुती ओझा जाे KMC School बुद्धनगर स्थित कक्षा -६ मा अध्यनरत छिन।
आश्रुती ओझाले अनतरीक्षकाे अध्ययन सम्बन्धि अभिरुचि देखाई साे कार्यमा विशेष अध्ययन गरेकाेमा असाधारण प्रतिभाकाे कदर गर्दै ” महिला,बालबालीका तथा जेष्ठ नागरिक ” मन्त्रालय द्वारा प्रदान गरिने ” सिर्जनशील बाल प्रतिभा प्राेत्साहन पुरस्कार २०७७” बाट सम्मानित हुँदै नगद ५०,०००/- ( पचास हजार ) सहित सम्मान पत्र द्वारा सम्मानित भएकि छिन्।


कहिँन कहिँ वा केहिन केही बाट आफनाे जन्मथलाे खाेटाङलाई चिनाउन सफल बिरेन्द्र केसरि ढकाल,जनकवि केसरि धर्मराज थापा लगायत पञ्चायत ब्यबस्थाकै समयमा ५५ झयाले दरबार बनायर राजा बन्ने साेचबाेक्ने सर्वधन जस्ता ब्यक्तिहरुको जन्म भएकाे उक्त खाेटाङलाई फेरिपनि एक अवसर मिलेकाे छ।
खाेटाङकाे मात्र नभई राष्ट्रकै नाम राख्न सफल चर्चित गायक ,राजेस पायल राई , माेडल तथा गायिका हरु साथै राष्ट्रप्रेमि तथा चलचित्र कर्मि नवल खड्का जस्ता कयाैँ ब्यक्तिकाे जन्म भएकाे साे जिल्ला । उक्त सम्मानबाट उनकाे परिवार ,आफन्तकाे मात्र शिर उठेकाे छैन, सारा खाेटाङबासि नागरिकहरुकाे शिर उच्च भएकाे छ तसर्थ हाैसलाकाे निमित्त खाेटाङकि छाेरि आश्रुती ओझालाई बधाई तथा प्रगतिकाे शुभ कामना।










