कृष्ण गिरि नवलपरासी । नवलपरासीमा तेक्वान्दो डोजाङ ब्ल्याक टेष्ट पहिलो पटक सम्पन्न भएको छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नं १३ भटौलियामा रहेको कभर्ड हलमा शनिवार विहान ९ बजे राष्ट्रिय तेक्वान्दो संघ नेपाल, जिल्ला कार्य समिति नवलपरासीमा पहिलो पटक तेक्वान्दो ब्ल्याक बेल्ट अपग्रेडीङ टेष्ट सम्पन्न भएको छ ।
कार्यक्रम अल इन्डिया तेक्वान्दो डोजाङका कोषाध्यक्ष अजय कुमार, सचिव तथा अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमारको विशेष अगुवाइमा पहिलो पटक नवलपरासीमा सम्पन्न भएको हो । उक्त टेष्टमा प्रेम बहादुर राजभर शोहेल अंसारी, सैयद मिया, विमल कुमारी थारु र धर्मवीर हरिजनले भाग लिएका थिए । नवलपरासीमा पनि टेक्वान्दो डोजाङ सफल बनाउन आफूले सहयोग गर्ने संस्थाका अध्यक्ष गोपाल सिंह आलेले बताएका छन् ।











