खोटाङ । कोभिड–१९ को दोश्रो लहरलाई मध्यनजर गर्दै खोटाङको ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर जुटेको छ ।
कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि कृष्ण लम्साल र टेकप्रसाद लम्सालको पहलमा ‘एक एक पाइला’ नामक संस्थाबाट प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर जुटेको हो ।

हाल काठ्माण्डौं रहेका लम्सालद्धयको पहलमा आइपुगेको अक्सिजन कन्सन्ट्रेटर स्थानीय ललित लम्सालले गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलालाई हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष राजेश राजभण्डारी, डा. टेकनारायण श्रेष्ठ, स्वास्थ्य संयोजक रामकाजी नेपाल लगायतको उपस्थितिमा लम्सालले गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।










