Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इन्द्रेणीका छत्र शाही र रेसलर जुरेलीको फोटो भाइरल भए पछि, जुरेली भन्छिन – रोमान्स गरेको होइन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 30, 2021

काठमाडौं । नेपालमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिएको छ । यस दिन कृषकहरू आफ्नो धानखेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाने गर्छन् । तर, पछिल्ला वर्षहरूमा भने असार १५ लाई युवायुवतीहरूले ‘हिलो खेल्ने उत्सव’ को रूपमा सेलिब्रेट गर्न थालेका छन् । हिजोको धान दिवसमा एउटा तस्वीर खुबै भाइरल भयो ।

तस्वीरमा दुई युवा-युवती हिलोमा डुबुल्की मार्दै रोमान्स गरिरहे जस्तो र अन्य व्यक्तिले उनीहरूलाई अलग गर्न खोजे जस्तो देखिन्छ । धान रोप्ने बहानामा हिलोमै उच्छृङ्खल क्रियाकलाप गरेको भनेर सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ । यद्यपि, उनीहरू को हुन् र त्यो दृष्यको वास्तविकता के हो भन्ने धेरैलाई थाहै छैन । तस्वीरमा देखिएकी युवती हुन्, रेसलर अस्मिता ‘जुरेली’।

केही समय अघि सन्ध्या तिवारीको अध्यक्षतामा ‘नेकपा एमाले’नाममा दर्ता गरिएको पार्टी (जसको अहिले नाम परिवर्तन गरिएको छ) की सचिव पनि हुन् उनी । विगतमा उनी मोडलिङ पनि गर्थिन् । अहिले महिला रेसलरका रूपमा परिचित छिन् । तस्वीरमा देखिएका पुरुष हुन् दोहोरी गायक छत्र शाही । उनी इन्द्रेणी साँझमा काम गर्छन् । हिजो भक्तपुरमा युवा संघ नेपालले पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा आयोजना गरेको रोपाईं कार्यक्रममा आ-आफ्नै हिसाबले उनीहरू सहभागी भएका थिए ।

खासमा रोपाइँ कार्यक्रमकै बीचमा कृष्ण कँडेलले इन्द्रेणीका कलाकारहरुलाई दोहोरी खेलाउन थाले । पुरुषतर्फ छत्र शाही र महिलातर्फ कल्पना दाहालबीच दोहोरी भिडन्त चलिरहँदा जुरेलीले कल्पनालाई साथ दिइरहेकी थिइन् । बीच-बीचमा अरुले पनि घान हाल्दै थिए । यति भन्ना साथ छत्रले जुरीलाई कम्मरमा च्याप्पै समाते अनि हिलोमा बङ्लङ्ग पछारे । एक्कासी पछारिएपछि प्रतिकार गर्ने क्रममा जुरेलीले प्रतिकार गर्दा त्यो दृष्य फोटोग्राफरले कैद गरेका थिए । तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि जुरेली अचम्मित भएकी छन् । उनी भन्छिन्, ‘हामी रेसलरका लागि यस्तो कुरा सामान्य नै हो ।

पोहोरको रोपाइँ दिवसमा पनि हिमालयन टाइगरले हिलोमा रेसलिङ गराउनुभएको थियो । पुरुषसँग रेस्लिङ खेल्न पनि मलाई नौलो लाग्दैन ।’ उनले थपिन्, ‘खेतमा निकै रमाइलो भएको थियो, तर एकाएक सामाजिक सञ्जालमा तस्वीर भाइरल भएको देख्दा चाहिँ नरमाइलो लाग्यो । धेरैले गलत तरिकाले सोच्नु भयो । हिलोले छोपिएको हुँदा सुरुमा त कसैले पनि त्यो म हो भनेर चिनेका पनि थिएनन् । तर, कमेन्टमा धेरैले मलाई मेन्सन गरेपछि फोन आउन थाल्यो ।

कस्तो नराम्रो भयो क्या । म त आज घरबाहिर पनि ननिस्की चुपचाप रूममा बसिरहेको छु । उनले छत्र आफ्नो भाइ जस्तो भएको बताइन् । ‘छत्रसँग मेरो राम्रो सम्बन्ध छ, तर अहिले धेरैले सोचेजस्तो हामी गर्लफ्रेन्ड-व्वाइफ्रेन्ड होइनौं,’ उनले भनिन् । आफूलाई गलत तरिकाले भाइरल हुने मोह नरहेको जुरेलीको भनाइ छ । उनले भनिन्, ‘मेरो आफ्नो एउटा स्टेटस छ । यसरी एउटा तस्वीरका कारण एक/दुई दिन भाइरल हुने र त्यसपछि हराउने मलाई मन पनि पर्दैन । आफ्नो कामबाट चर्चित हुने हो । मैले भाइरल हुन्छु भन्ने सोचेर त्यो गरेको पनि होइन ।

Open Photo Open Photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved