काठमाडौँ – जातिय विभेदकै कारण आफुलाई कोठा नदीएको भन्दै न्यायको लागि लडिरहेकी रुपा सुनारले नौ अनलाईन बिरुद्द उजुरी दिएकि छिन।
सुनारले युरोपिली युनियनको पैसा खाएर सुनियोजित षडयन्त्र रचेको भन्दै ति अनलाईनले आफ्नो चरित्र हत्या गरेको आरोपमा प्रेस काउन्सिलमा उजुरी दिएकि हुन्।

नेपालपाना डटकम , खबरामाला डटकम , कालापानी पोस्ट , इकालापानी पोस्ट , आजको नया डटकम , साझा मिडिया डटकम , नेपाल पहरा डटकम आदि विरुद्द उजुरी दिएकि हुन्।
रुपा सुनारलाई काठमाडौँकि सरस्वति प्रधानले जातीय विभेदको मानसिकताले कोठा नदिएको बिषय अहिले प्रहरीमा विचाराधीन छ।










