Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दाेस्राे मात्राकाे खाेप समयमै लगाउन नपाउँदा उठेका प्रश्नमा बिज्ञले दिए जवाफ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 25, 2021

भारतबाट खोपको आपूर्तिमा देखिएको असहजताले समयमै अक्सफर्ड आस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाउनुपर्ने कार्य तालिकालाई गम्भीर रूपमा प्रभावित बनाएको छ।

दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत ६५ वर्ष वा त्योभन्दा माथिको उमेर समूहका १३ लाख ६९ हजार ५ सय २२ जनाले गएको फागुन २३ देखि चैत १० गतेसम्म पहिलो मात्रा कोभिशील्ड खोप लगाएका थिए।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अक्सफर्ड आस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएको आठदेखि १२ हप्ताभित्र दोस्रो मात्रा खोप लगाउँदा उपयुक्त हुने सुझाव दिएको छ।

गएको एप्रिल महिनामा उसले संशोधन गरेको आस्ट्राजेनेका खोपको प्रयोगसम्बन्धी अन्तरिम निर्देशिकामा उक्त सङ्गठनले कारणवश १२ हप्ताभन्दा विलम्ब हुने परिस्थितिमा सम्भव भएसम्म मौका मिल्नासाथ दोस्रो डोज दिन भनिएको छ।

‘चीनले दिने कोभिड खोप नेपाल पठाउन तयार अवस्थामा’
भारतीय व्यापारीहरू चिनियाँ कोभिड खोप लगाउन ‘आउन थालेपछि नेपालमा कडाइ’

तर खोप भित्र्याउन भइरहेको विलम्बका कारण ज्येष्ठ नागरिकहरूले खोप कुरिरहेको कम्तीमा ९२ (१३ साता एक दिनदेखि) दिन र बढीमा ११० दिन (१५ साता ५ दिन) पुगेको छ।

दोस्रो मात्रा खोप निर्धारित समयमा उपलब्ध गराउन नसकिएका कारण उब्जिएका प्रश्न यस्ता छन्:

अक्सफर्ड एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप १२ हप्ताभन्दा ढिलो दिँदा त्यसको असर के हुन्छ?
यस विषयमा अनुसन्धान भइरहेको वैज्ञानिकहरू बताउँछन्।

अक्सफर्ड आस्ट्राजेनेका खोपको लेबलमा ४ देखि १२ हप्ताभित्र यो खोप दिन मिल्ने भनिएको भए पनि प्रभावकारिता प्रतिरोधी क्षमताको अध्ययनका आधारमा दोस्रो मात्रा ८ देखि १२ हप्ता भित्र दिँदा त्यो उपयुक्त हुने बताएको छ। त्यहाँ भन्दा ढिलो हुने अवस्थामा सकेसम्म चाँडो खोप दिइनुपर्ने उसको सुझाव छ।

एक महिनाअघि नेपाली टाइम्स साप्ताहिकमा प्रकाशित लेखमा आस्ट्राजेनेका खोपको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका वैज्ञानिक एन्ड्रयु जे पोलर्डले कम्तीमा तीन महिनासम्म खोपको पहिलो मात्राले राम्रो सुरक्षा प्रदान गर्ने सुनिश्चित भए पनि विभिन्न किसिमका समय तालिका वा खोप मिसाएर प्रयोग गर्ने विषयमा थप जानकारी पाउन बाँकी नै रहेको बताएका थिए।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा बुधवार कोभिडविरुद्धको खोप उद्घाटन समारोहमा पहिलो कोभिड खोप लगाउँदै कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा बुधवार कोभिडविरुद्धको खोप उद्घाटन समारोहमा पहिलो कोभिड खोप लगाउँदै कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास

उनको भनाइमा प्रतिरोधी प्रणालीले पहिलो मात्राको खोपको सम्झना गर्ने भएकाले दोस्रो मात्रा खोप दिँदा सुरक्षा प्रणाली अझ बलियो हुन्छ। लामो विलम्बले दोस्रो मात्राको प्रभावकारिता कमजोर नबनाउने उनले उल्लेख गरेका छन्।

केही समय पहिले थाइल्यान्डले पहिलो मात्रा आस्ट्राजेनेका खोप लगाएका व्यक्तिले १६ हप्ताभित्र दोस्रो मात्रा खोप लगाउन मिल्ने बताए पनि पछि आफ्नो स्वास्थ्य नियामक निकायको सल्लाहमा त्यसलाई १२ हप्तामा नै झारेको थियो।

भारत र स्पेनले पनि एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउने अवधिलाई १६ हप्तासम्म पुर्‍याउने निर्णय गरेका छन्।

कोभिड खोपः ‘कोशेढुङ्गा’ भनिएको पहिलो खोपबाट ९०% सुरक्षा
सङ्क्रामक रोगसम्बन्धी विज्ञ तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर बुद्ध बस्न्यात १६ हप्तासम्म खोप लगाउँदा हुने उल्लेख गर्दै यसबारेमा अध्ययनहरू चलिरहेको बताउँछन्।

पहिलो मात्रा खोप लगाएको बाह्र हप्तापछि एन्टीबडी भनिने कोभिड १९ विरूद्धको प्रतिरोधी क्षमता कमजोर हुन्छ?
सङ्क्रामक रोगसम्बन्धी विज्ञ डाक्टर बस्न्यात साधारणतया एन्टिबडीको मात्रा घट्दै जाने भए पनि फेरि त्यसलाई बढाउन नसकिने भन्ने नरहेको बताउँछन्।

‘खोप लगाइसकेपछि अब विरामीसँग घुलमिल गर्न सक्छु’

उनले भने, “१६ हप्ताको समयमा खोप पर्दा पनि एन्टिबडीको तह बढ्ने सम्भावना हुन्छ। मलाई लाग्छ यसको प्रमाण छैन तर अनुसन्धानहरू चलिरहेका छन्।”

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार १२ हप्ता वा सो भन्दा पछाडि दोस्रो मात्रा खोप लगाउँदा राम्रो हुने भनेर कतिपय अनुसन्धानमा भनिएको भए पनि त्यो अवधि नखुलाइएको बताए।

उनी थप्छन्, “एन्टिबडी झर्ने विन्दु स्पष्ट नभएकाले धेरै पछाडि लगाउनु हुँदैन भनिएको हो। यदि भोलि तीन महिना हैन ६ महिनासम्म पहिलो मात्राले राम्रो काम गर्छ भन्ने देखायो भने हामी पनि छटपटी गर्न छाड्छौँ।”

उनले १२ हप्ताभन्दा ढिलो नगरी छिटोभन्दा छिटो खोप लगाउनुपर्ने पक्षमा आफू रहेको बताए।

खोप कार्यक्रमलाई प्रत्यक्ष हेरिरहेका सरकारी अधिकारीहरू के भनिरहेका छन्?

सरकारी अधिकारीहरू कोभिशील्ड वा आस्ट्राजेनेकाको खोप उपलब्ध हुने बित्तिकै ज्येष्ठ नागरिकहरूलाई दोस्रो मात्रा दिन थालिने बताइरहेका छन्।

खोप सल्लाहकार समितिका संयोजक डाक्टर श्यामराज उप्रेतीले पहिलो मात्रा १२ हप्तासम्म प्रभावकारी भएको अध्ययन भएको र त्यसैका आधारमा दोस्रो मात्रा दिने समय डब्ल्यूएचओले सिफारिस गरेको बताउँछन्।

उनले भने, “अर्को विकल्प नआउन्जेलसम्म १२ हप्ता भइसकेपछि एन्टिबडीको तह कम हुनसक्छ र जोखिम केही बढ्न सक्छ भन्न सकिन्छ। तर जब हामीले ढिलो भएका कारण १६ वा २० हप्तामा दोस्रो मात्रा दिन्छौँ त्यो दोस्रो मात्रा नै हुन्छ र पहिलो मात्रा दोहोर्‍याउनु पर्दैन।”

पहिलो मात्रा शरीरमा रहिरहने र जहिले दिए पनि दोस्रो मात्रा खोपले त्यसलाई पहिचान गरिहाल्ने उनको भनाइ छ।

राष्ट्रिय खोप कार्यक्रमका संयोजक डाक्टर झलक शर्मा गौतम पनि उक्त तर्कसँग सहमत छन्।

उनले भने, “१२ हप्तापछि पनि एन्टिबडी शून्यमा झरिहाल्दैन। त्यसले काम नै गर्दैन भन्ने हिसाबको बुझाइ कतिपयमा रहे पनि त्यो होइन। घट्ने सम्भावना भए पनि शून्य हुँदैन। अध्ययनहरूले राम्रो एन्टिबडी दिइरहेको र पछिसम्म काम गरिरहेको देखाएको छ।”

बालबालिकालाई चार हप्ताको अन्तरालमा लगाइनुपर्ने खोप कतिपय अवस्थामा आठदेखि १० हप्ता ढिलो दिँदा पनि उनीहरू पूर्ण सुरक्षित भएको उल्लेख गर्दै उनले दोस्रो मात्रा प्रयोग गर्दाको ‘सिद्धान्त उही’ भएको टिप्पणी गरे।

पहिलो मात्रा कोभिशील्ड लिएका व्यक्तिले दोस्रो मात्रा अरू खोप लिन मिल्छ?
खोप सल्लाहकार समितिका संयोजक उप्रेतीले आस्ट्राजेनेका खोपलाई अरू खोपसँग मिलाएर प्रयोग गर्न डब्ल्यूएचओले सुझाव नदिइसकेको बताए।

संसारभरि सबै मानिसले कहिलेसम्म कोभिड खोप पाउलान्
उनी भन्छन्, “अहिलेसम्म डब्ल्यूएचओको सुझाव नआएकाले हामीले जसले कोभिशील्ड पायो उसलाई कोभिशील्ड वा आस्ट्राजेनेका नै दिनुपर्छ।”

यससम्बन्धी विभिन्न विकल्पहरूमा अन्तर्राष्ट्रिय स्तरमा अनुसन्धान चलिरहेको उल्लेख गर्दै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर बस्न्यात भन्छन्, “मलाई लाग्छ पाकिस्तानमा एउटा आस्ट्राजेनेका दियो अनि सिनोभ्याक दोस्रो दिँदा के हुन्छ भनेर हेरिरहेका छन्। हामीलाई त्यो एकदमै सान्दर्भिक हुन्छ किनभने दुई वटै खोप ‘स्पाइक प्रोटिन’ भनिने अवधारणा अन्तर्गत बनेका हुन्। दुई वटै मात्रा लगाउँदा बढी फाइदा हुन्छ। बेफाइदा डरलाग्दो किसिमको केही हुँदैन।”

थप खोप कहिले आउँछ?
राष्ट्रिय खोप कार्यक्रमका संयोजक डाक्टर गौतम स्वास्थ्य मन्त्रालयले खोप भित्र्याउन सबै खालको प्रयास गरिरहेको बताउँछन्।

पाटनमा कोभिड खोप लगाइने तयारी गर्दै एक स्वास्थ्यकर्मी

पाटन अस्पतालमा कोभिड खोप लगाइने तयारी गर्दै एक स्वास्थ्यकर्मी

भारतबाट नेपालले खरिद गरेको १० लाख मात्रा खोपको आपूर्ति पछिल्लो केही महिनायता अवरुद्ध छ। यसै साता भारतीय सञ्चारमाध्यममा उक्त खोपको मात्रा जुलाई महिनाको अन्त्य वा अगस्टसम्म आइपुग्ने विवरणहरू आएका छन्।

बीबीसीले भारतीय विदेश मन्त्रालयलाई यसबारे प्रश्न गरेको भए पनि जवाफ प्राप्त भइसकेको छैन।

यसै हप्ता सरकारद्वारा गठित खोप विज्ञ समितिका सल्लाहकारले अक्सफर्ड आस्ट्राजेनेका खोपको कम्तीमा ३ लाख ४८ हजार मात्रा आगामी जुलाई महिनासम्म उपलब्ध गराउने प्रतिबद्धता विश्वव्यापी खोप अभियान कोभ्याक्सले दिलाएको बताएका थिए।

कोभिड खोप अभियानको पहिलो दिनका तस्बिर
गरिब देशले कसरी पाउलान् कोभिड खोप
त्यसबाहेक उनले अमेरिकामा विकास भएको एक डोज मात्रै लगाए पुग्ने जोनसन एन्ड जोनसन कम्पनीको जेनसेन खोपको ६ लाख मात्राको प्रतिबद्धता पनि कोभ्याक्सले जनाएको बताएका थिए।

यसै साता अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले नेपालसहित डेढ दर्जन एसियाली देशहरूलाई १ करोड ६० लाख खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

चीनबाट ४० लाख खोप भित्र्याउने प्रक्रिया अघि बढिसकेको नेपाली अधिकारीहरू बताउँछन्।

१८ वर्ष र त्योभन्दा माथिका २ करोड १७ लाख जनालाई खोप लगाउने लक्ष्य राखेको नेपालले हालसम्म २५ लाखभन्दा बढीलाई पहिलो मात्रा र करिब साढे सात लाख जनालाई दोस्रो मात्रा खोप दिइसकेको डाक्टर झलक शर्मा गौतम बताउँछन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved