काठमाडौं । ललितपुर महानगरपालिकाले आज ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ ।
कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ७७ वर्षमाथिका नागरिकलाई दोस्रो मात्राको खोप लगाउने भएको हो । महानगरले ७७ वर्ष माथिका दुई हजार २२० जना कोभिसिल्डको दोस्रो मात्राको खोप दिन लागेको हो । खोप बुधबार बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुनेछ । यसका लागि महानगरपालिकाले आठ वटा खोप केन्द्र तोकेको छ ।

ललितपुर वडा नम्बर ५, ६, ७, ८, १२, १४, १५, १७ र १९ का नागरिकले लगनखेल ९पशु सेवा केन्द्र, पशु अस्पताल०मा गएर खोप लगाउनुपर्नेछ । त्यस्तै वडा नम्बर १, ९, १०, ११, १६ र २० का नागरिकले पाटनढोका ९पाटन हाइस्कुल०मा, वडा नम्बर २, ३, ४ र १३ का नागरिकले ललितपुर महानगरपालिका प्रांगणमा र वडा नम्बर २३ र २४ का नागरिकले धापाखेल स्वास्थ्य चौकीमा गएर खोप लगाउनुपर्ने बताइएको छ।
यसैगरी वडा नम्बर २६ र २७ का नागरिकले सुनाकोठी ९बालकुमारी स्कुल०मा, वडा नम्बर २१ र २२ का नागरिकले कार्यविनायक स्कुलमा, वडा नम्बर २८ र २९ का नागरिकले हरिसिद्धि स्वास्थ्य चौकीमा र वडा नम्बर १८ र १५ का नागरिकले सैंबु स्वास्थ्य चौकीमा गएर खोप लगाउनुपर्ने ललितपुर महानगरपालिकाले जनाएको छ ।










