काठमाडौं । निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई जना पक्राउ परेका छन् । काठमाडौँको विभिन्न ठाउँमा गाडी आगजनी गरेको कसुरमा सुर्खेत घर भइ हाल चन्द्रागिरी नगरपालिका-६ बस्ने सुमन बोहरा र कृष्ण मिजार समातिएका हुन् ।
आज बिहान नैकापको सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र चक्रपथस्थित राजधानी पेट्रोल पम्प नजिकै बा ७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी भएको अवस्थामा भेटिएका थिए । ती ठाउँमा प्रसाई समूहको पर्चा समेत फेला परेकाे थियाे ।

चन्द्रागिरीबाट नियन्त्रणमा लिइएका बोहरा र मिजारले नै गाडीमा आगजनी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।










