अबुधाबी– अबुधाबीस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका कारण समस्यामा परेका नेपाली नागरिकको विवरण संकलन तथा आवश्यक समन्वयका लागि आकस्मिक उद्धार अनलाइन सेवा सञ्चालनमा ल्याएको जनाएको छ।


राजदूतावासले जारी गरेको सूचनाअनुसार विभिन्न मुलुकबाट नेपाल फर्कने क्रममा ट्रान्जिट विमानस्थलमा अलपत्र परेका, उडान रद्द भएका, भिसा रद्द (Visa Cancellation) भएर फर्कन नसकेका तथा टिकट काटिसकेपछि आकस्मिक समस्यामा परेका नेपाली नागरिकलाई उक्त अनलाइन प्रणालीमार्फत आफ्नो विवरण यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरिएको छ।फे
फेब्रुअरी २८ पछिको अवधिमा ओभरस्टे भएका नेपाली नागरिकका हकमा जरिवाना नलाग्ने भएको उल्लेख गर्दै राजदूतावासले सम्बन्धित सबैलाई समयमै विवरण दर्ता गर्न आग्रह गरेको छ।
उद्दार पोर्टल लिङ्क यहाँ दिईएको छ।
https://legal.nepalconsular.gov.np/urgent-rescue










