Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 3, 2026

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशवासीका नाममा सन्देश जारी गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा अनिवार्य सहभागी हुन र शान्तिपूर्ण वातावरण कायम राख्न अपिल गरेकी छन् । सोमबार भिडियो सन्देश जारी गर्दै उनले होली पर्व संयमित रूपमा मनाउन पनि सबैलाई आग्रह गरेकी हुन् ।

देश इतिहासको महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले आउँदो फागुन २१ गते हुने निर्वाचनले नागरिकको भविष्य निर्धारण गर्ने बताए ।मतदान  केवल उम्मेदवार छान्ने प्रक्रिया मात्र नभई आफ्नै भविष्यको निर्णय हुने भएकाले सबै मतदातालाई मतदान केन्द्रमा पुग्न उनले आग्रह गरे ।

‘देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस् । भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो,’ उनले भनिन् ।

उनले जनआन्दोलनपछिको जटिल राजनीतिक अवस्थाबाट देशलाई शान्तिपूर्ण निकासतर्फ डो-याउँदै संविधानको मार्गमा फर्काउन सफल भएको उल्लेख गर्दै अहिले विधिको शासन स्थापित हुँदै स्थिरताका साथ अघि बढिरहेको बताए । यो उपलब्धि सम्पूर्ण नेपाली जनताको संयम र सहकार्यको परिणाम भएको उनको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचनको यस संवेदनशील समयमा शान्ति र अमनचयन कायम राख्न सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकलाई आग्रह गरिन् । स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भए पनि वैमनस्य र तनाव स्वीकार्य नहुने उनले स्पष्ट पारिन् ।

‘फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु,’ उनले भनिन्, ‘निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु। शान्ति नै नेपालको असली पहिचान हो। चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन।’

निर्वाचन आयोग, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीको मेहनतले निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै सरकारले आवश्यक सबै सुरक्षा संयन्त्र परिचालन गरिसकेको जानकारी दिए । प्रदेश तथा स्थानीय सरकारको सहयोग पनि महत्वपूर्ण रहेको उनले बताए ।

सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना र कृत्रिम सामग्रीबारे सचेत रहन प्रधानमन्त्री कार्कीले नागरिकलाई आग्रह समेत गरेकी छन् । होली पर्वको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साह बढाउने विश्वास व्यक्त गर्नुभयो। तर कसैको इच्छाविपरीत रङ नलगाउन र संयमित रूपमा पर्व मनाउन आग्रह गरीन् ।

प्रधानमन्त्री कार्कीले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै त्यहाँ रहेका नेपालीको सुरक्षाका लागि परराष्ट्र मन्त्रालय र नेपाली नियोगहरू सक्रिय रूपमा काम गरिरहेको जानकारी दिइन् । नेपाली जहाँ रहे पनि नागरिकको सुरक्षा र हितको रक्षा गर्न सरकार कटिबद्ध रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

मोरङमा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

  • March 3, 2026

इरानविरुद्ध आक्रमणको असर – जेरुसेलम शहरका सडकहरूमा सन्नाटा

  • March 3, 2026

पेट्रोल अभाव हुन सक्ने आशंका, पेट्रोल पम्पहरुमा उपभोक्ताको भिड

  • March 3, 2026

चुनाव हुन्न भन्ने ज्यातिष पक्राउ

  • March 3, 2026

काठमाडौंकाे दुई ठाउमा गरियाे दुई गाडीमा आगजनी

  • March 3, 2026

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved