भक्तपुर। चागुनारायण नगरपालिका ८ वन कार्यालयनजिकै कार दुर्घटना भएको छ । नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ च ७८८१ नम्बरको कार सडकबाट करिब २ सय मिटर तल खसेको हो ।
कारमा सवार ५ जनामध्ये ४ जना घाइते भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र नम्बर १ को स्ट्राइकिङ टोली उद्धार कार्यमा खटिएको थियो । उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल भक्तपुर पठाइएको छ ।










