अबुधाबी -अबुधाबीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा एक नेपाली युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोरखा घर भएका २९ वर्षीय दिवश श्रेष्ठ Middle East Company मा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए।

अबुधाबीस्थित नेपाली राजदूतावासले घटनाबारे युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको जनाएको छ।
दूतावासले पार्थिव शरीर स्वदेश फिर्ता गर्न आवश्यक सहजीकरण गर्ने बताएको छ।










