आबुधाबी । यूएईको रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको इरानी आक्रमणको विस्तृत जानकारी सार्वजनिक गरेको छ ।
साथै विभिन्न राष्ट्रका ५८ जना सामान्य घाइते भएका उल्लेख छ । यद्यपि मृतक नेपालीको परिचय भने खुलाइएको छैन । मृतक अन्य दुई जना पाकिस्तानी र बंगलादेशी नागरिक रहेका यूएईको रक्षा मन्त्रालयले जनाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको यस आक्रमणमा यूएईले १६५ ब्यालिस्टिक क्षेप्यास्त्र र ५४१ इरानी ड्रोनको सामना गरेको पनि समाचारमा उल्लेख छ ।

आक्रमणका कारण ५८ जना सामान्य घाइते भएका छन्, जसमा एमिराती, इजिप्टियन, इथियोपियन, फिलिपिनो, पाकिस्तानी, इरानी, भारतीय, बंगलादेशी, श्रीलंकाली, अजरबैजानी, यमेनी, युगान्डन, इरिट्रियन, लेबनानी र अफगानी नागरिकहरू सामेल छन् ।
यूएईको रक्षा मन्त्रालयका अनुसार आक्रमण सुरु भएदेखि इरानबाट प्रहार गरिएका १६५ ब्यालिस्टिक क्षेप्यास्त्रमध्ये १५२ वटा नष्ट गरिएका थिए भने १३ वटा समुद्रमा खसेका थिए । यसैगरी दुई क्रुज क्षेप्यास्त्र पनि पत्ता लगाएर नष्ट गरिएको समाचारमा उल्लेख छ ।










