भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको प्रवक्ता डीएसपी प्रकाश जवेगुले बताए । उनलाई जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएको छ ।
उनको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियोे । उनले पूर्वराजपरिवार नै सडकमा आउने भनेर उत्तेजक अभिव्यक्ति दिएका थिए । यद्यपि पूर्वराजपरिवारको सडकमा आउने कुनै कार्यक्रम छैन ।











