Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चर्चामा उपन्यास विविशारा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 20, 2026

विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा नेपालगन्जको आयोजनामा आख्यानकार छवि वैरागी घिमिरेद्वारा लिखित विविशारा उपन्यासको विमर्श तथा संघको नेपाल शाखा मातहतका विभिन्न शाखाहरूको पुनर्गठन सम्पन्न भएको छ।

विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाका उपाध्यक्ष ऋषिराम सापकोटाको सभापतित्व एवं विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाका सल्लाहकार प्राडा कृष्णप्रसाद घिमिरेज्यूको प्रमुख आतिथ्यमा दुई चरणमा सम्पन्न भएको उक्त कार्यक्रमको पहिलो चरणमा लुम्बिनी प्रदेशमा रहेर साहित्य सेवामा समर्पित प्राज्ञ महानन्द ढकाललाई सम्मान गरिनुका साथै विनेसाम लुम्बिनी प्रदेशलाई उचाइ प्रदान गर्नुहुने प्रदेशका अध्यक्ष लेकप्रसाद प्याकुरेललाई कदरपत्र प्रदान गरिएको थियो। विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाका सचिव प्याकुरेलको सहजीकरणमा सञ्चालित उक्त कार्यक्रममा छवि वैरागी घिमिरेद्वारा लिखित विविशारा उपन्यासको परिचर्चा गरिएको थियो।  परिचर्चाका क्रममा समीक्षक चरित्रा शाहले फ्रायड,एडलर र युङको मनोवैज्ञानिक अवधारणाअनुसार विविशारा कृतिको चिरफार गर्नु भएको थियो।

अर्का समीक्षक पुष्कर रिजालले कृतिमा समेटिएको सामाजिक विसङ्गति पक्ष र संरचनात्मक कोणबाट समीक्षा गरेका थिए। दुवै समीक्षकले उपन्यास विविशारा हरेक वर्गका लागि पठनयोग्य रहेको बताए। सोही क्रममा उपन्यासकार छवि वैरागी घिमिरेले उपन्यासलाई यथार्थपरक बनाउनका लागि गरिएका अभ्यासहरू र उपन्यास लेख्दाका अनुभवहरू सहित समीक्षकहरूले उठाएका विषयवस्तु माथि प्रष्ट पार्ने मन्तव्य प्रस्तुत गरेका थिए।

कार्यक्रमको दोस्रो चरणमा विश्व नेपाली साहित्य महासङ्घ मातहतका लुम्बिनी प्रदेश, बाँके र बर्दिया जिल्ला शाखा गठन गरिएको थियो । चरित्रा शाहको अध्यक्षतामा गठित लुम्बिनी शाखाअन्तर्गत उपाध्यक्षद्वय भरतबहादुर रानाभाट र गणेशा कार्की, महासचिव बोधराज प्याकुरेल सचिव इन्दिरा गौतम, कोषाध्यक्ष सुन्दर गुरुङ सदस्यहरू केशव गाह पाल्पा, लक्ष्मी बस्याल बर्दिया, खगेन्द्र नेपाल बर्दिया, दर्पण दंगाली दाङ, यमा रेग्मी दाङ, नवीन बस्याल प्युठान, शशिधर सापकोटा कपिलवस्तु, दिला शाह बाँके, तारा रोकाया बाँके, पवन जयस्वाल बाँके, प्रतिमा पन्थी रूपन्देही रहेका छन् । त्यसैगरी साहित्यकार चन्द्रावती अधिकारीको अध्यक्षतामा गठित बाँके शाखाअन्तर्गत उपाध्यक्ष पद्मा रिजाल,सचिव महेन्द्र सेडाई,सहसचिव दीप पन्थी, कोषाध्यक्ष अर्चना पाठक र सदस्यहरूमा सुनगाभा पोखरेल,सन्तोषी पुन मगर, लक्ष्मण सुर्खेती, मुस्तफा अहसन कुरैसी र अन्तरिक्ष देवकोटा रहेका छन्। सोही क्रममा फागुन ५ गते सम्पन्न अधिवेशनबाट प्रभात सुवेदीको अध्यक्षतामा गठित ११ सदस्य बर्दिया शाखा समेत घोषणा गरिएको थियो। कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घकी केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख कल्पना पौडेल जिज्ञासुले चयन भएका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई सहित विश्व नेपाली साहित्य महासङ्घले गर्दै आएका अनुवाद र प्रकाशन सम्बन्धी विविध कार्यहरू माथि प्रकाश पारेकी थिइन्।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, प्राज्ञ महानन्द ढकाल, प्रलेस केन्द्रीय सचिव हरिप्रसाद तिमिल्सिना, लेखक नरेन्द्र जंग पिटर, साहित्यकार किरण आचार्य लगायत चार दर्जन बढी साहित्यिक अभियन्ताहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर कृष्णप्रसाद घिमिरेले विश्व नेपाली साहित्य महासंघले विगतदेखि वर्तमानसम्म गरेका गतिविधिहरूको चर्चा गर्नुका साथै चर्चित उपन्यासमाथि समेत संक्षिप्त प्रकाश पारेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved