Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 9, 2026

काठमाडौं । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार नेपाली लोक संस्कृति एवं नेपालको सुदूर प्रश्चिममा प्रख्यात देउडाका सम्राट नन्दकृष्ण जोशीलाई प्रदान गरेको छ ।

प्रतिष्ठानको ३४ औँ स्मृति दिवसको अवसरमा एक भव्य समारोह गरी उक्त पुरस्कार प्रदान गरिएको हो । समारोह प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको सभापतित्व तथा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यतामा भएको थियो ।

सभापति तथा प्रमुख अतिथिलगायत मञ्चासीन अनेसास केन्द्रीय संस्कृति समितिका संयोजक तथा कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कारका अन्तर्राष्ट्रिय संयोजक साहित्यकार तथा संगीतकार महेश्वर पन्त, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी.लगायतद्वारा जोशीलाई खादा माला दोसल्ला र सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको हो ।

समारोहमा उपस्थित अतिथिहरुलाई कालीभक्त पन्त स्मृति प्रतिष्ठानको तर्फबाट परमेश्वर पन्तले प्रतिष्ठान र पुरस्कारहरुको बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए । हरेक फागुन ६ गते हुने गरेको स्मृति दिवस तथा पुरस्कार वितरण समारोह यस वर्ष देश काल परिस्थितिका कारण अगाडि गर्नुपरेको बताउँदै पन्तले प्रतिष्ठानद्वारा प्रदान गरिने अन्य छात्रवृत्ति पुरस्कार तथा कृष्णा पन्तको सम्मानमा स्थापित आमा पुरस्कारका विषयमा बताएका थिए ।

प्रमुख अतिथिबाट दीप प्रज्जवलन गरी शुभारम्भ गरिएको उक्त समारोहको सञ्चालन अनेसास नेपाल च्याप्टरका निवर्तमान महासचिव छन्द कवि ऋषभदेव घिमिरेले गरेका थिए । घिमिरेले कालीभक्त पन्तद्वारा रचिएको नेपाली लोक रचना गाई सञ्चालनको शुभारम्भ गरेका थिए । समारोहमा बाल कलाकार श्रीयङ्का बस्नेतले सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन् ।

कालीभक्त पन्तको जीवनीका विषयमा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले बूँदागत रुपमा प्रकाश पारेका थिए । धार्मिक सांस्कृतिक, राजनैतिक, सामाजिक विषयमा कालीभक्त पन्तले गरेका योगदानका विषयमा जतिनै वर्णन गरे पनि नसकिने बताउँदै ४१२ पृष्ठको कालीभक्त पन्त स्मृतिग्रन्थमा दर्जनौँ लेखकहरूले उहाँको योगदानको बारेमा चर्चा गरिसकेको कुरा उल्लेख गरे । उनले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने आठौँ स्रष्टा नन्दकृष्ण जोशीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

समारोहमा पुरस्कारका अन्तर्राष्ट्रिय संयोजक तथा कालीभक्त पन्तका नाति साहित्यकार महेश्वर पन्तले ‘नेपाल, अब नेपालमा मात्र सीमित रहेन’ शीर्षकको कविता वाचन गर्दै आफ्नो मन्तव्य व्यक्त गरेका थिए । उनले कालीभक्त पन्तको लोकगीतलाई संगीतसहित गाएका थिएभने थप तीनओटा गजल गाएर समारोहमा रौनकता थपेका थिए । अनेसास गण्डकी प्रदेश समितिका संयोजक देवु के.सी. देवेन्द्रले समसामयिक कविता वाचन गरेका थिए ।

यसैबीचमा सञ्चालक ऋषभदेव घिमिरेले कालीभक्त-कृष्णा पन्त छात्रवृत्ति एवं कृष्णा पन्त महिला सम्मान पुरस्कार प्राप्त व्यक्तिहरूको नाम घोषणा गरेका थिए । पुरस्कृत हुनेहरूमा- (१)  श्री प्रशंसा पाण्डे,   लिमिठाना  माध्यमिक विध्यालय फ न पा  ७ लिमिठाना, पर्वत (२)श्री सहनशिला पौडेल,  श्री शारदा माध्यमिक विध्यालय फलेवास  फ न पा – १० कुर्घा, पर्वत (३)श्री स्वर्णिमा घिमिरे,  श्री जनता माध्यमिक विध्यालय  फ न पा पा- ६. देवीस्थान, पर्वत (४) कृष्णा पन्त महिला संम्मान पुरस्कार  घोषणा-श्री ब्रह्माकुमारी ईश्वरीय विश्वविध्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, फलेवास शाखा, फ न पा – ५  पर्वत रहेका छन् ।

पुरस्कृत व्यक्तित्व नन्दकृष्ण जोशीले आफूले प्राप्त गरेको यो पुरस्कार पुरस्कार मात्र नभई पितृको आशीर्वाद रहेको बताउँदै यति ठूलो राशिको पुरस्कार पहिलो पटक पाएको बताएका थिए । जोशीले आफ्नो संघर्षका कथा बताउँदा समारोह स्तब्ध भएको थियो भने ड्यासबाट ओर्लिएर देउडा गीत गाउँदै उपस्थित सबैलाई नचाएका थिए ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी.ले पुरस्कृत व्यक्ति जोशीलाई शुभकामना तथा बधाई दिँदै प्रतिष्ठानले गरेका कार्यहरुको प्रशंसा गरेका थिए ।

समारोहका प्रमुख अतिथि प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले कालीभक्त पन्तको व्यक्तित्व र कृतित्वका विषयमा बोल्दै उहाँद्वारा लिखित हाम्रो सांस्कृतिक इतिहासको विषयमा थप चर्चा गरेका थिए भने पुरस्कृत व्यक्तिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

सभापति तथा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर तिमिल्सिनाले प्रतिष्ठान स्थापनादेखि कालीभक्त पन्तको विषयमा संक्षिप्त चर्चासहित उपस्थित सबैलाई धन्यवाद दिँदै सभा विसर्जन गरेका थिए ।

जिपी तिमिल्सिना फाउण्डेशनको सभा हलमा भएको समारोहमा कालीभक्त पन्तका सन्ततिलगायत विशिष्ट व्यक्तित्वहरु शेषराज सिवाकोटी, धर्मराज थापा प्रतिष्ठानका प्रतिनिधि, अनेसास नेपाल च्याप्टरका प्रतिनिधिहरु, कलाकार, साहित्यकार, संगीतकार, प्राध्यापक, डाक्टरलगायत विविध क्षेत्रका मानिसहरुको उल्लेख्य उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved