Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘काम गर्ने नेतालाई भोट’ भन्दै हुँमागाईको पक्षमा स्थानीयको समर्थन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 6, 2026

डिकेन्द्र बस्नेत, काभ्रेपलान्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को पाँचौँ दिनको घरदैलो अभियान बनेपा नगरपालिकामा सञ्चालन भएको छ।

शुक्रबार बिहानदेखि सुरु भएको मतदाता भेटघाट कार्यक्रममा नेकपाका उम्मेदवार बसुन्धरा हुँमागाईलाई तारा चिन्हमा मतदान गर्न स्थानीय नागरिकहरूले आग्रह गरेका छन्।

जनताका प्रिय उम्मेदवारप्रति स्वस्फूर्त समर्थन जनाउँदै नालास्थित चौतारीका चामुण्डा भजन समूहले पनि भजनमार्फत मतदातालाई मतदान गर्न आह्वान गरेको थियो।

बनेपा नगरपालिका वडा नम्बर ३, चौतारामा आयोजित मतदाता भेटघाट कार्यक्रममा प्रस्तुत गरिएको गीतमार्फत “पानी खुवाउने नेतालाई भोट दिने” सन्देश दिँदै उम्मेदवार हुँमागाईप्रति समर्थन व्यक्त गरिएको हो।

स्थानीयले फुलमाला र टीका लगाएर स्वागत गर्नुका साथै बाटो–बाटोमा पानीका कलस र घडा राखी सत्कार गरेका थिए, जसले चोक र सडक क्षेत्रमा विशेष रौनकता थपेको थियो।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन परिचालन समितिका संयोजक टोकबहादुर वाईबाको नेतृत्वमा उम्मेदवार हुँमागाईसहितको टोलीले बनेपा नगरपालिका वडा नम्बर १, २ र ३ का विभिन्न स्थानमा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेको हो।

सो क्रममा स्थानीय मतदाताहरूले उम्मेदवारलाई भव्य स्वागत गरेका थिए। मतदाताहरूले स्वच्छ छवि, सरल स्वभाव र काम गर्ने नेताका रूपमा परिचित हुँमागाईलाई तारा चिन्हमा मतदान गरी विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीयका अनुसार उहाँको पहलमा सडक कालोपत्रे, पुल, कुलो र धारा निर्माण जस्ता विकास कार्यहरू सम्पन्न भएका छन्।

निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार हुँमागाई पार्टी संगठनका जिम्मेवार नेताहरूसहित बनेपा नगरपालिका नाला क्षेत्रमा पुगेका हुन्।

सो अवसरमा उनले आफू सधैं जनताको साथमा रहेको र जनताको सुख–दुःखमा सहभागी हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जनतासँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

आगामी निर्वाचनमा तारा चिन्हमा मतदान गर्न आग्रह गर्दै उनले विजयी भएपश्चात् विकास निर्माणसम्बन्धी योजनाहरूलाई पूर्णता दिने जिम्मेवारी लिने प्रतिबद्धता समेत जनाएका छन्।

नाला क्षेत्रका मतदाताहरूले पनि स्वच्छ छवि, जनताको भावना बुझ्ने र आवश्यकताको पूर्ति गर्न सक्ने सरल तथा कर्मठ उम्मेदवारलाई मतदान गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved