Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

त्यसैले मेरा लागि ठाउँ रहेन कांग्रेसमा : अबुल हुसेन अनसारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 5, 2026

कांग्रेस र म मेरो आजसम्मको जीवनको उर्जाशील समय नेपाली कांग्रेस र लोकतन्त्रका लागि अर्पित भएको छ । कांग्रेसमा मैले कहिले पद र प्रतिष्ठाको लोभ गरिनँ । सधैँ एक कटिवद्ध सिपाही झैँ पार्टीका गतिविधिमा सक्रिय भइरहेँ । कांग्रेस मेरो लागि केवल एउटा राजनीतिक दल मात्र थिएन, मेरो राजनीतिक चेतना, संघर्ष र सपनाको साझा घर थियो । कांग्रेसको झण्डा बोकेर मैले लोकतन्त्र, समावेशिता, सामाजिक न्याय र जनताको हक–अधिकारका पक्षमा वर्षौंसम्म संघर्ष र पैरवी गरिरहेँ ।

मैले विद्यार्थी राजनीतिबाट नै कांग्रेस रोजेको हुँ । मैले कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएरसमेत काम गरेको छु । गाउँ–टोलदेखि जिल्ला र समुदायस्तरसम्म कांग्रेसको संगठन विस्तार गर्नुका साथै जनसम्पर्क बढाउने काम गरेको छु । लोकतन्त्रको रक्षाका लागि कांग्रेस होमिएको आन्दोलनमा अग्रमोर्चामा रहेर सक्रिय भूमिका निर्वाह गरेको छु । म २०४८ साल यताका प्रत्येक आन्दोलनमा सक्रिय छु । म २०६२÷०६३ सालको आन्दोलन र मधेश आन्दोलनमा पनि कांग्रेसको अग्रमोर्चामा रहेर सक्रियताका साथ होमिएको थिए ।

कांग्रेसभित्र रहँदा मैले अल्पसंख्यक, पिछडिएका र आवाजविहीन समुदायका मुद्दालाई सधैँ उठाइरहेँ । पार्टीका नीति, कार्यक्रम र चुनावी अभियानमा इमानदारीपूर्वक योगदान दिइरहेँ । कठिन समयमा पार्टीको पक्षमा उभिनु, कांग्रेसका मूल्य–मान्यता जोगाइरहनु मेरो राजनीतिक प्रतिबद्धताको परिचय थियो । तर, म आजको अवस्थामा अत्यन्तै भारी मनका साथ कांग्रेस परित्यागको निर्णयमा पुगेँ । यो निर्णय आवेगमा वा हचुवाको तालमा गरिएको थिएन । लामो आत्ममन्थन, पीडा र असहजताबाट जन्मिएको विद्रोहका कारण नै म कांग्रेस त्याग्न पुगेँ ।

मैले माया गरेको संगठनबाट टाढा हुनुपर्दा मन पक्कै पनि कुँडिएको छ, हृदय भारी भएको छ । तथापि, आत्मसम्मान, सिद्धान्त र जनताप्रतिको जिम्मेवारीभन्दा माथि कुनै पद वा दल हुन सक्दैन भन्ने निष्कर्षमा पुगेर मैले कांग्रेस त्यागेँ । कांग्रेसले मेरो योगदानको कहिले कदर गरेन । सधैँ राजनीतिको किनारामा राखिरह्यो । टिकट वितरणमा पनि सधैँ कांग्रेस पूर्वाग्रही भइरह्यो । म जन्मेको गाउँ–ठाउँमा मेरो चेतना भएदेखि मेरो समुदायलगायतमाथि कांग्रेसका जल्दाबल्दा नेताहरूले राज गरिरहे । उनीहरूले चरम दमन गरे । मेरो ठाउँका जनताको अशिक्षाको फाइँदा उठाउँदै उनीहरूले दास बनाए । अब हामी त्यो थिचोमिचो सहेर टुलुटुलु हेरेर बस्ने छैनौं । आफ्नो स्वाभिमान, हक र अधिकारका लागि आवाज बुलन्द पार्ने छौं ।

कांग्रेसमा विपीको विचार र इतिहास मर्दै :
अर्को कुरा, कांग्रेस पछिल्लो समय विपी, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह जस्ता व्यक्तिको विचार च्युत गर्दै गएको भान मलाई भइरहेको थियो । कांग्रेस लोकतन्त्र, राष्ट्रियता, समाजवाद र मानव स्वतन्त्रताको विचारबाट जन्मिएको ऐतिहासिक राजनीतिक दल हो । कांग्रेसलाई विपीले सत्ताको नभई सिद्धान्तकोबाटोमा लाग्न प्रेरित गर्नु भएको थियो । व्यक्ति नभई जनतालाई केन्द्रमा राख्न भन्नु हुन्थ्यो । अवसरवादलाई नभई मूल्य र नैतिकता नभुल्न भन्नु हुन्थ्यो । तर, कांग्रेसले यी र यस्ता सबै मूल्य मान्यतालाई लत्याई सकेको छ । पैसामा टिकटको मोलमोलाई हुन्छ । जसले गर्दा एकै व्यक्ति सात÷आठ पटकसम्म पनि एकै निर्वाचन क्षेत्र ओकटेर बसिरहन्छ । उसको निधन नहुँदासम्म अर्कोले अवसर पाउने अवस्था नै रहँदैन । पटक÷पटक उही मान्छे दोहोरिँदा र आफ्ना भावनाको सम्बोधन नहुँदा जनता आजित बनिसकेको अवस्था कांग्रेसमा छ ।

कांग्रेसमा विचारभन्दा व्यक्ति हामी भएका छन् । नीतिभन्दा सत्ता र सिद्धान्तभन्दा स्वार्थ हावी हुँदै गएको देखिन्छ । समाजवादको नारा भाषणमा सीमित हुँदै गएको छ । समावेशिता, न्याय र समानताको अभ्यास कमजोर बन्दै गएको छ । विपीले जनतासँग उभिने, कमजोरको पक्ष लिने, न्यायिकतामा विश्वास गर्ने र लोकतान्त्रिक संस्कारको रक्षा गर्ने कांग्रेसको परिकल्पना गरेका थिए । तर, आज कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर, फरक मतप्रति असहिष्णुता र इमानदार कार्यकर्ताको योगदानको अवमूल्यन बढ्दै गएको छ । यही कारण कांग्रेसप्रति जनताको विश्वास घट्दै गएको छ ।

एमाले रोज्नुको अन्तर्य र टिकटको त्याग :
यही वैचारिक विचलन र आत्मिक पीडाका कारण म नेपाली कांग्रेस परित्याग गर्ने कठिन निर्णयमा पुगेको हुँ । आफ्नो आत्माबाट टाढा भागिरहेको कांग्रेसभित्र बसिरहनु उचित नठानेर म फरक विचार र सिद्धान्त बोकेको राजनीतिक दल नेकपा एमाले रोज्न पुगेँ । यो निर्णय कुनै अवसर प्राप्तिका लागि थिएन, आत्म सम्मानका लागि गरिएको निर्णय हो । जुन निर्णयमा म अडिग र दृढ रहने छु ।

मेरो त्यागको सम्मान गर्दै एमालेले सुनसरी–४ मा टिकट दिएको थियो । त्यसलाई मैले एमालेले मलाई गरेको ठूलो सम्मानको रुपमा लिएको छु । तर, पार्टीमा पूराना साथीहरूको ठूलो योगदान छ । एमालेका केही नेता तथा कार्यकर्ताले मैले पाएको टिकटप्रति असन्तुष्टि जनाउनु भयो । म सबैको साझा व्यक्तिका रुपमा सुनसरी–४ मा निर्वाचनमा होमिन खोजी रहेको थिए । मैले यत्तिका वर्ष त त्याग गरेँ, अब केही समय पुनः त्याग गर्छु ठानेर पाएको टिक पनि फिर्ता गरिदिएँ । यसबाट नै प्रस्ट हुन्छ, म अवसरबादी नेता होइन ।

मैले टिकट फिर्ता गरेपछि पार्टीले सुनसरी इन्चार्ज जगदीश कुसियैतलाई उम्मेदवार बनाएको छ । अब उहाँलाई विजयी गराउनु नै हामी सबैको साझा दाइत्व हो । हामीलाई यही माटोको नेता चाहिएको छ । सुनसरी–४ ले पटक÷पटक ज्ञानेन्द्र कार्की जस्ता ‘टुरिस्ट उम्मेदवार’लाई जितायो । अब हाम्रो सामूहिक उदेश्य टुरिस्ट उम्मेदवारको पराजय हो । जगदीश मेरो गाउँको पनि मुखिया हुन् । म उहाँलाई जिताउन पार्टी निर्देशनअुनसार लागि पर्ने छु । अब मेरो निर्वाचन क्षेत्रमा भूमिपुत्रको आवस्यकता महशुस सबैले गर्नुपर्छ । कांग्रेसले २०१५ सालदेखि २०५१ सालसम्म र २०५१ सालदेखि हालसम्म आगन्तुक उम्मेदवारलाई मात्र टिकट दियो । विपी कोइराला, गिरिजा प्रसाद कोइराला, हरिनाथ वास्तोला, हरि सापकोटा, सुजाता काइराला, ज्ञानेन्द्र बहादुर कार्की जस्ता आगन्तुक नेता मात्र कांग्रेसको रोजाइमा परे । यो हाम्रो वितृष्णाको प्रमुख कारण हो ।

कांग्रेस त्याग्नुको अर्को कारण टुरिस्ट उम्मेदवार :
पटक÷पटक सुनसरी–४ मा अरु नेता नै नभएझैँ कांग्रेसले ज्ञानेन्द्र कार्कीलाई टिकट दिइरह्यो । २०७० यताका चार निर्वाचनमा अरु नेताले अवसर नै पाएनन् ।तिन दशक एकै व्यक्तिको कब्जामा रह्यो हाम्रो निर्वाचन क्षेत्र । यो कांग्रेसको गलत र विभेदकारी निर्णय हो । यो समुदायको मर्म विपरीत पनि छ । हामी त्यस क्षेत्रका भूमिपुत्र हौं । हामी पनि यो देशकै नागरिक हौं । हाम्रो बहुमत सामुदायिक उपस्थिति हुँदा पनि सधैँ आगन्तुक व्यक्तिहरूलाई नेता मान्नुपर्ने बाध्यताको भारी सधैँ भरी कांग्रेसले बोकाइरह्यो । जुन सुनसरी–४ का जनताको भावना विपरित कार्य हो ।

सुनसरी–४ बहु–सामाजिक, बहु–जातीय र राजनीतिक रूपमा सचेत निर्वाचन क्षेत्र हो । उम्मेदवार छनोट गर्दा दलले विशेष संवेदनशीलता, स्थानीय स्वीकार्यता र समुदायको भावनालाई केन्द्रमा राख्नुपर्छ । तर, कांग्रेसले त्यस्तो कहिले गरेन । सधैँ सत्ताको स्वाद चाख्न पल्किएका र हामीलाई भ¥याङ् बनाइरहने कार्कीलाई मात्र सुनसरी–४ बाट टिकट दिनु योग्य ठानिरह्यो । यतिबेला सुनसरी–४ का मतदाताले स्थानीयता र प्रत्यक्ष सम्बन्ध खोजिरहेका छन् । समुदायमा सक्रिय, दुःख–सुखमा साथ दिने र समुदायसँग आत्मीय सम्बन्ध भएको नेता हाम्रो पहिलो रोजाई हो । बाहिरबाट ल्याइने, केन्द्रमुखी राजनीतिमा सीमित व्यक्तिले स्थानीय जनभावनाको प्रतिनिधित्व गर्न सक्दैन भन्ने हाम्रो ठहर छ । म पनि कांग्रेसबाट लामो समयदेखि टिकटको दाबी गरिरहेको थिएँ । तर, गगन थापा र विश्वप्रकाश शर्माको गुटले मलाई धकेलेर राजनीतिको किनारामा पु¥याइदियो । उनीहरूले मलाई यसरी हुत्याएकि मैले कांग्रेसमा आफ्ना लागि ठाउँ नै नरहेको महशुस गरेँ । त्यसले मेरो आत्मसम्मानमा ठूलो चोट पुग्यो ।

कार्कीहरू मात्र टिकट वितरणको रोजाइमा पर्नुले कांग्रेसमा समर्पित कार्यकर्ता र स्थानीय नेतृत्व निरुत्साहित हुँदै गएका छन् । वर्षौंसम्म पार्टीका लागि पसिना बगाएका, जनताको बीचमा भरोसा बनाएका नेता–कार्यकर्तालाई पन्छाएर शक्ति र पहुँचका आधारमा टिकट दिनु लोकतान्त्रिक दलको मूल्य–मान्यता विपरित छ । त्यस्तो हुनु भनेको दास मानसिकताको उपज हो । राजनीति अंकगणित मात्र होइन, भावना, विश्वास र अपनत्वको विषय पनि हो । सुनसरी–४ मा ज्ञानेन्द्र कार्कीलाई टिकट दिनु पार्टी नेतृत्वको रणनीतिक कमजोरी मात्र होइन, समुदायको आत्मसम्मान र मर्ममाथि गरिएको बेवास्ता हो ।

कार्कीले राजनीतिमा आफू बलियो हुनका लागि दसौं वर्षदेखि लाभको पदमा बसेकाहरूलाई नै एस पटक पनि अंगालेका छन् । सुनसरी–४ मा कांग्रेसले एउटा मेयरको श्रीमतीलाई समानुपातिकतर्फ मुस्लिम महिला कोटामा एक नम्बरमा र अर्को पालिकाका मेयरका दाइलाई मुस्लिम कोटातर्फ पुरुषमा एक नम्बरमा राखेको उम्मेदवार बनाएको छ । के कांग्रेस पहुँचमा भएका व्यक्तिहरूको मात्र प्रालि हो ? जहाँ घरका प्रत्येक सदस्य पदमा भइरहनु पर्ने । यसबाट देशभरीका मुस्लिम समुदायका नेता तथा कार्यकर्ता अथवा मेरो समुदायका व्यक्ति अवसरबाट वञ्चित भएको जगजाहेर छ । त्यस कारण यस क्षेत्रका सबै समुदायका व्यक्तिले कुनै पनि नैतिकताको आधारमा उहाँलाई भोट दिने अवस्था छैन । यही पीडाले मेरो समुदायलगायत विभिन्न समुदायका सयौं व्यक्तिले पार्टी परित्याग गरिसकेको सर्वोविदितै छ ।

परिवर्तनको नारा दिएर ७८ वर्षकै उम्मेदवारलाई सुनसरी क्षेत्र नम्बर ४ मा किन उम्मेदवार बनाइयो भन्ने प्रश्न गम्भीर बनेर कांग्रेससामू तेर्सिएको छ । नयाँ नेतृत्वले टिकट बाड्दा १०० जना नयाँ अनुहार देशभर चयन गर्दै गर्दा हाम्रो समुदायको एक जना पनि नयॉ अनुहार नपर्नुले हामीले ठूलो अन्याय र अपमान बोध गरेका छौं ? मुस्लिम समुदायलाई जहिले पनि भोट बैंकको रुपमा सधैँ प्रयोग गर्ने तर युवा पुस्तालाई अवसर नदिने कांग्रेसको यो कस्तो खालको नीति हो ? यो प्रश्न मेरो म र मेरो समुदायका जनताको मनमा गडेर बसेको छ ।
अन्त्यमा
भारी मनका साथ फेरि म भन्छु, कांग्रेससँग जोडिएका संघर्ष, स्मृति र योगदान मेरा लागि सधैँ सम्मानयोग्य रहनेछन् । कांग्रेसका इमानदार कार्यकर्ता, शुभेच्छुक र लोकतन्त्रप्रेमी साथीहरूप्रति मेरो गहिरो सम्मान छ । बाटो फरक भए पनि मेरो गन्तव्य उही रहनेछ । लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय स्वाभिमान र जनताको हितका लागि म सधैँ अग्रमोर्चामा रहेर काम गर्ने छु । म विपी विचारको अनुयायी हुँ, जुन राजनीतिक दलमा रहे पनि लोकतन्त्रको मूल मर्म राष्ट्रियता र समाजवादमा अडिग रहने छु । विपीका विचार मेरो राजनीतिक यात्रामा सधैँ दीपस्तम्भका रुपमा प्रज्ज्वलित भइरहने छन् । मलाई अघि बढ्न मार्गनृदिष्ट गरिरहने छन् ।

मलाई कांग्रेसले राजनीति सिकायो । संघर्षको साहस दियो र जनताको बीचमा उभिन सक्ने आधार बनायो । यसका लागि म सदैव कृतज्ञ रहनेछु । कांग्रेसका शुभेच्छुक, साथीहरू र मतदाताप्रति मेरो सम्मान सदा उच्च रहिरहने छ । मेरा आदरणीय नेता शेरबहादुर देउवाको सालिनता र मलाई कांग्रेसमा रहँदा दिनु भएको ममता सदा सम्मान तथा सम्झना योग्य रहने छ । साथै, म सधैँ नेपाली राजनीतिको प्रत्येक मोड र गोरेटोमा भेटिरहने छु ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved