भोजपुर । नेकपा (एमाले) पौवादुङमा गाउँपालिका भोजपुरका पालिका कमिटी सचिव तुलसी कार्की (कुशल) ले पार्टी परित्याग गरेका छन् । बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकबाट सो घोषणा गरेका हुन् । कार्की २०७९ को निर्वाचनमा पौवादुङमा गाउँपालिकाको वडा–३ बाट नेकपा (एमाले) वडाध्यक्षको उम्मेदवार थिए ।
निर्वाचनमा उनी तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार तीर्थबहादुर कार्कीसँग २ मतले पराजित बनेका थिए । कार्की बाल सञ्जालको नेतृत्व गर्दै स्थानीय राजनीतिमा आएका थिए। कार्की नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरको पूर्व सदस्य समेत थिए। उनको पार्टी परित्याग सँगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेलाई भोजपुरमा क्षति पुग्ने उनका निकटस्थहरूले बताएका छन् ।
उनले आफू राजनीतिक व्यक्ति भएको कारण सबैसँग छलफल गरेपछि मात्रै कुन पार्टीमा जाने भन्ने निष्कर्षमा पुग्ने बताए । ‘कोही साथी नेपाली कम्युनिस्टको पक्षमा, कोही रास्वपा भनिरहेको हुनाले अहिले निष्कर्षमा पुगिएको छैन,’ उनले भने ।











