काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रदीप बिष्टप्रति जनसमर्थन दिनप्रतिदिन सशक्त बन्दै गएको देखिएको छ।
घरदैलो अभियानका क्रममा स्थानीय जनताले यसपटक बहुमतका साथ प्रदीप बिष्टलाई विजयी गराउनुपर्ने धारणा व्यक्त गरेका छन्। घरदैलो भेटघाटका क्रममा मतदाताहरूले देशको भविष्य अब नयाँ सोच र वैकल्पिक राजनीतिमा रहेको भन्दै वर्तमान अवस्थामा रास्वपाले मात्रै देशलाई सही निकास दिन सक्ने विश्वास व्यक्त गरेका छन्।

“हामीलाई मासुभात होइन, झुटा आश्वासन पनि होइन—देशका लागि स्पष्ट योजना, दीगो विकास र इमानदार नेतृत्व चाहिएको हो,” स्थानीय मतदाताहरूको भनाइ छ।
जनताहरूका अनुसार पुरानो परिपाटीको राजनीतिले देशलाई कमजोर बनाइसकेको छ र अब परिवर्तन अपरिहार्य भइसकेको छ। यही कारण काठमाडौँ क्षेत्र नम्बर १० मा घन्टी चुनाव चिन्हप्रति जनआकर्षण बढ्दै गएको र ‘घन्टीको लहर’ सुरु भइसकेको उनीहरूको दाबी छ।
सूचना चौतारीको टोलीसँग प्रतिक्रिया दिँदै स्थानीय बासिन्दाहरूले आफूहरू कहीँ कतै विचलित नहुने र प्रदीप बिष्टलाई जिताएरै छाड्ने दृढ संकल्प व्यक्त गरेका छन्। उनीहरू भन्छन्, “देश जसले बनाए पनि समृद्धि हुनुपर्छ, तर त्यसका लागि सही सोच, सही योजना र इमानदार नेतृत्व आवश्यक छ। हाम्रो चाहना देशले सही दिशा पाओस् भन्ने मात्रै हो।”
घरदैलो अभियानमा देखिएको जनउत्साह र सकारात्मक प्रतिक्रियाले काठमाडौँ–१० मा प्रतिस्पर्धा थप चर्किंदै गएको संकेत गरेको छ।










