आमा मैले तपाईलाई ढाँटे,
तर देशलाई ढाँट्न सकिन।
म जानू अघि जान्छु भनिन।
~बन्धकहरुबाट देश छुटाउनु थियो
भ्रष्टाचारीबाट देशलाई उन्मुक्ति दिनु थियो।
देश रोईरहदा म कसरी हाँस्न सक्छु र?
त्यसैले, आवाज बुलन्द पार्न जानू थियो।

आमा,मैले तपाईलाई ढाँटे,
तर देशलाई ढाँट्न सकिन।
म जानू अघि जान्छु भनिन।
~गोली चल्छ,आगो बल्छ भन्ने जानेको भए?
स्कुलको झोला बोकी किन जान्थे र?
बोली मेरा दब्लान,बन्दुक चल्लान जानेको भए
साथीलाई नि जाउँ किन भन्थे र?
आमा,मैले तपाईलाई ढाँटे,
देशलाई ढाँट्न सकिन।
म जानू अघि जान्छु भनिन।
~तपाईको कोखमा म भरिनु
अनि देशको लागि म रित्तिनु पनि त
तपाई भरिनु हो नि आमा।
शहिदकी आमा भनिरहँदा
सबैको यादमा हुनु पनि त
तपाईं भरिईरहनु हो नि आमा।
आमा,मैले तपाईलाई ढाँटे,
तर देशलाई ढाँट्न सकिन।
म जानू अघि जान्छु भनिन।
माफ गरिदिनुहोस है।
~भाद्र २३ /२४ जेन्जी आन्दोलनमा सहिदहरुको सम्झनामा।🙏🧡
✍️दीपक कुँवर ।।।










