Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गीतकार प्रकाश भट्टराईको गीति सङ्ग्रह ‘गुनासो’ को लोकार्पण सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 31, 2026

बेलबारी मोरङ- हिमांशु राय । बेलबारीका स्रष्टा प्रकाश भट्टराईको गीतसङ्ग्रह ‘गुनासो’ सार्वजनिक भएको छ । कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बेलबारीमा आयोजित एक कार्यक्रमका बिच उक्त कृति सार्वजनिक भएको हो ।

प्राज्ञ गङ्गा सुवेदी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद न्यौपाने, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, नेपाली साहित्य समाज उर्लाबारीका अध्यक्ष यज्ञ परिश्रमी, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, आम्लाबुङ साहित्य समाजका अध्यक्ष धनजित पराजुली, रङ्गेली साहित्य कला समाजका अध्यक्ष चिरञ्जीवी काफ्लेलगायतका साहित्यिक संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा साहित्यका अतिरिक्त सामाजिक सङ्घसंस्थामा संलग्न व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि प्राज्ञ गङ्गा सुवेदीले साहित्यको कोमल विधाका रूपमा चिनिने गीतलाई आफ्नो लेखन क्षेत्र बनाएकामा कृतिकारलाई बधाइ दिइन् । चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्षसमेत रहेकी सुवेदीले गीतले सबैको मन छुन सक्ने विचार व्यक्त गरिन् । साहित्यिक तथा सामाजिक व्यक्ति, वरिष्ठ साहित्यकार हर्कमान तामाङले कृतिकारको गुरु हुने अवसर पाएकामा गर्वबोध भएको विचार व्यक्त गरे ।

कृतिका लेखक भट्टराईले निकै मेहनतका साथ पहिलो कृति ल्याउन सफल भएको बताउँदै यस कार्यमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे । साथै सभाध्यक्षको मन्तव्य राख्तै कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले आफूहरू नयाँ तथा केही फरक कार्यक्रम लिएर अघि बढिरहेको बताउँदै प्रकाश भट्टराई सार्वजनिक गर्न सकेकामा खुसीसमेत व्यक्त गरे ।

लोकार्पित कृतिमाथि प्रा.डा. भीम खतिवडा र कृष्ण उदाशीले समीक्षा प्रस्तुत गरेका थिए । कृतिमाथिको समीक्षा प्रस्तुत गर्दै कवि तथा गीतकार उदाशीले प्रकाश भट्टराईले यस कृतिमार्फत गीत विधामा एउटा नयाँ मानकको सुरुआत गरेको बताए । राजमार्गको प्रसङ्ग कोट्याउँदै उनले भट्टराईको यस कृतिले गीतको नयाँ राजमार्ग निर्माण गरेको बताए । प्रा.डा. भीम खतिवडाले ‘गुनासो’ ले विविध पक्षलाई सम्बोधन गरेको बताए । नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्षसमेत रहेको खतिवडाले एउटा कृति बाहिर आउन ४ दशक लागेकामा लेखकसँग गुनासोसमेत व्यक्त गरे । उनले भने, ‘४० को दशकमा लेखिएका गीतको सङ्ग्रह ५२ आउनुपथ्र्यो, ६२ मा आउनुपथ्र्यो । ८२ किन लाग्यो ? लेखकलाई यो हामी सबै पाठकको गुनासो रहेको छ । ’

कार्यक्रममा लोकार्पित कृतिभित्रबाट चण्डी साङपाङ, सुरेश साङपाङ, यमुना पराजुली र चिरञ्जीवी काफ्लेले एक एकओटा गीत गाएका थिए ।
संस्थाका उपाध्यक्ष विष्णु भण्डारी आचार्यको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन भने सचिव नवराज पोखरेल ‘नवशिला’ को रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved