Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“एउटा प्रशंसाले बदलिने जिन्दगी”:-नयाँ वर्ष सुरुवातसँगै नयाँ अनुभूति-

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 28, 2026

श्रीराम रानाभाट युएई। एकाबिहानै कुखुरा बास्छन्, तिमी कहाँ छौ? मेरा खुसी नै उदास छन्,तिमी कहाँ छौ? चन्द्रमा निक्लनै छाड्यो, मेरो आकाशमा ताराहरूको लास छन्, तिमी कहाँ छौ?

एकपटक एकजना विद्वान, एउटा वृद्धा विधुवा महिलाको घरमा पुगे । उनको घर पुरानो तर नयाँ डिजाइनको कुनै ठाउँमा सजाउन राखे जस्तो सुन्दर थियो । त्यो घरको खुलेर प्रशंसा गर्दै भने “आजभोलि यस्ता घर कहाँ बन्छन्…? र आजभोली का मान्छेलाई घरको सुन्दरताको वास्ता हुँदैन । उनीहरुका लागि त एउटा सानो कोठा र घुम्नका लागि गाडी भए पुग्छ । वृद्धाआमाले भनिन् यो हाम्रो सपनाको महल हो । यसलाई हामीले प्रेमपूर्वक बनाएका थियौँ । मैले र मेरो श्रीमानले यो घर बनाउन वर्षौं सोचविचार गरेका थियौँ । कुनै आर्किटेक्टको सहारा पनि लिएनौँ । यो सबै हाम्रो योजना हो । मखमली सल फ्रान्सबाट ल्याएको, टेबल कुर्ची इटलीबाट ल्याएका, चित्रहरू विभिन्न ठाउँमा भ्रमण गर्दा किनेका सामानहरु । त्यो घर सजावटमा श्रीमान श्रीमतीले आफ्नो जिन्दगी खर्चेका थिए । अत्यन्तै शौखले बनाएका थिए । त्यसपछि ती वृद्धा महिलाले ग्यारेजमा छोपेर राखिएको चहकिलो गाडी देखाउँदै मधुर स्वरमा भनिन् ‘स्वर्गीय हुनुभन्दा केही वर्ष अगाडि मलाई मेरो श्रीमानले किनिदिएको गाडी हो यो । मेरो जन्मदिनको उपलक्ष्य पारेर । उहाँको मृत्यु पश्चात् मैले यो गाडी चढेकी पनि छैन।’ ती व्यक्ति चाख लिएर ती वृद्धा आमाको कुरा सुनिरहेका थिए । हरेक वस्तुको प्रशंसा गरेका थिए घन्टौं लाएर सारा मनका भावहरु पोखिन र भनिन् “तपाईंले मलाई द्रव्यभूत पार्नुभयो, म तपाईलाई यो गाडी उपहार दिन चाहन्छु”।

ती व्यक्तिले भने म तपाईंको करुणाको कदर गर्छु तर मसँग आफ्नै कार छ नाताले म तपाईंको आफन्त पनि पर्दिन तपाईंका आफन्त होलान् । तिनीहरूमध्ये कसैलाई दिनुहोस् । आफन्त ! मेरा आफन्त छन् तर आजसम्म कहिल्यै हामीले गरेको कामको कदर गरेनन् । दुःख पीडा सुनेनन् ,कहिले यो बुढी मर्ली र सबै कुरा हात पारौंला भनेर बसेका छन् । म कहाँ दिन्छु र उनीहरुलाई..? उसो भए गाडी किनबेच गर्ने मान्छेलाई बेचिदिनुहोस् । बेचिदिने रे….? म यो गाडी बेच्छु भन्ने लाग्छ तपाईँलाई ? मेरो श्रीमानले किनिदिएको गाडी जोसुकै चढेको हेर्न पनि कहाँ सक्छु र ? मैले तपाईंलाई यसकारण दिन चाहेकी हुँ कि तपाईं राम्रो चिजको कदर गर्न जानुहुन्छ । त्यसको महत्व बुझ्नुहुन्छ । कोही आफ्नो हुनुको बोध गराउनुहुन्छ । वृद्ध विधुवा मखमली सल ,फ्रान्स इटलीको सजी सजावट र चित्रहरु र स्मृतिका बीच त्यो सुन्दर घरमा एक्लै एउटा सानो प्रशंसा र कदरका लागि तड्पिरहेकी थिइन् । प्रेमपूर्वक बनाएको त्यो सुन्दर घरमा एक्लो जिन्दगी गुजारीरहेकी थिइन् । जसरी एउटा बिमारी जब डाक्टरकोमा जान्छ त एउटा श्रोता खोजेको हुन्छ । त्यसरी नै कोही मनको कुरा सुनेर प्रशंसा गरिदिने मान्छे खोजिरहेकी थिइन् उनि । जब उनले त्यो कुरा पाइन् त मरुभूमिमा पाएको सितलता जस्तै भयो । जवाफमा उनले आफूलाई मनपरेको सबैभन्दा मूल्यवान वस्तु नै दिन चाहिन् ।

१) व्यक्ति जोसुकै होस् ऊ प्रशंसाको भोको हुन्छ । मनोवैज्ञानिक जेम्स लियरको भनाइ अनुसार “प्रशंसा मानव हृदयलाई न्यानो पार्ने सौर्य प्रकाश जस्तै हो । यो बिना हामी फुल्न र फक्रिन सक्दैनौ । प्रशंसा के हो…? आत्मसम्मान । आत्मसम्मानलाई जतिको निरन्तर पोषण अरु केही चिजलाई पनि चाहिँदैन । जसरी व्यक्तिलाई दैनिक आहारविहारको जरुरत हुन्छ त्यत्तिकै आत्मसम्मानको पनि भोको हुन्छ । मान्छेमा भएको उत्कृष्टतालाई प्रशंसा र प्रोत्साहनबाट उजागर गर्न सकिन्छ । आजसम्म एकजना व्यक्ति छैन होला जसले प्रशंसा र अनुमोदनको मद्दतले भन्दा आलोचना र गालीको मद्दतले असल काम गरेको होस् ।

२) ती व्यक्तिले ती वृद्ध आमाको कुरा ध्यान दिएर सुने । हर चिजको प्रशंसा गरे । कसैलाई सुन्न पनि उसको प्रशंसा गर्नु जस्तै हो । कसैको खुलेर प्रशंसा गर्न हाम्रा लागि आफैलाई कमजोर देखाउनु हो ,लाखौं ऋणमा डुब्नु हो जस्तो महसुस गछौं । बरु जीवनभर बिझाइ रहने सानो, चिसो आलोचना या टिप्पणी गर्न सधैँ तत्पर रहन्छौं । आलोचनाले त व्यक्तिको क्षमता ओहिलिएर पो जान्छ ।

३) याद राख्नुहोस् हामी सबै प्रशंसा र सम्मान नै रुचाउँछौँ । यति पाउनका लागि हामी जे पनि गर्न तयार हुन्छौं । तर फोस्रो प्रशंसा झुटो हो । यदि यो झुटो प्रशंसा अरुलाई दिइन्छ भने नक्कली पैसाले जतिकै तपाईँलाई फसाउँछ । प्रशंसा र झुटो प्रशंसामा के फरक छ….? प्रशंसा निस्कपट हुन्छ ,झुटो प्रशंसा कपटपूर्ण हुन्छ । प्रशंसा हृदयबाट आउँछ, अर्को जिब्रोबाट मात्र आउँछ । साँचो प्रशंसा निस्वार्थ हुन्छ, अर्को स्वार्थ प्रेरित हुन्छ। प्रशंसाको व्यापक चाहना गरिन्छ र फोस्रो प्रशंसालाई त्यत्तिकै निन्दा । त्यसैले इमान्दार र निष्कपट प्रशंसा गरौँ ।

४) तपाईँ आजैबाट मान्छेमा भएको मान्छेले गरेको ससाना काम कुराहरु प्रति टिप्पणी होइन प्रशंसा गर्न सुरु गर्नुस् । यसले तपाईं आफैंलाई कस्तो महसुस गराउँछ र सामान्यवाला व्यक्तिलाई कस्तो महसुस गराउँछ अनि परिणाम हेर्नुहोस् । प्रशंसाको जादुले मानिसको जिन्दगी नै बदलिएको अनेक गाथाहरुले इतिहास भरिएको छ । जति पनि सम्बन्धहरु धमिला हुन्छन् नि त्यहाँ एक्लो प्रशंसा या कदरको पानी नराखेरै हो । अर्को व्यक्तिलाई चोट पुर्‍याएर सानो आलोचना गरेर त न परिवर्तन गर्न सकिन्छ, न त पहिलाकै अवस्थामा ल्याउन सकिन्छ । आलोचना र टिप्पणी गरेर कसैबाट काम लिन्छु भनेको आफूले दैनिक हेर्ने ऐना फुटाएर त्यसलाई फेरि जोड्न खोज्नु जस्तै हो । दुई शब्दले प्रशंसा गरेर तपाईं हामी आफ्नो काम लिन सक्छौं,अरुलाई सम्मान दिन सक्छौ र आत्मसम्मान पाउँछौं भने किन नगर्ने…..। सत प्रतिशत भन्न सक्छु, यसले तपाईंको जिन्दगी बदल्छ र अलग अनुभूतिको बोध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved