
श्रीराम रानाभाट युएई। एन.आर.एन.ए एनसिसी यूएईद्वारा आयोजना गरिएको अहिलेसम्मकै सबैभन्दा उच्च पुरस्कार राशिको भलिबल प्रतियोगिताको उपाधि तनहुँ सेवा समाज युएइले जितेको छ ।
जनवरी २५ आइतबारका दिन युएईको अल वासल स्पोर्ट्स क्लबको प्राङ्गणमा आयोजना गरिएको उक्त प्रतियोगितामा तनहुँ सेवा समाज यूएई , कास्की आदर्श समाज युएई र परदेशी हातेमालो भलिबल टिम यूएईले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । जस अनुसार विजेता टिमले यूएइ दिराम ११,१११, उपविजेता टिमले ६,६६६ र सान्त्वना टिमले ३,३३३ सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
जम्मा १० टिम सहभागी गराईएको भलिबल प्रतियोगितामा अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (FIV) को नियम अनुसार पाेल A र पोल B गरी दुई पोलमा खेलाईएको प्रतियोगितामा सबैजसो भलिबल टिमले नेपालदेखि चर्चित खेलाडीहरू जस्तै कोशी प्रदेशका चर्चित खेलाडी विष्णु बस्नेत, गण्डकी भलिबल टिमका टिम क्याप्टेन सञ्जु विक्रम शाह, TOP HELP NEPAL भलिबल टिमका टिम क्याप्टेन चिरण खड्का, जीवन सुनार, पुतली , इन्द्र विक, सञ्जोक परियार लगायतका खेलाडीहरूलाई विभिन्न टिममा सहभागी गराएका थिए ।
यूएईमा सक्रिय विभिन्न संघ संस्थाले नियमित रुपमा यस्ता खालका प्रतियोगिताहरू गरिनै रहन्छन् र जुनसुकै प्रतियोगितामा पनि दर्शकहरूको उपस्थिति उल्लेख्य रहँदै आएको छ ।










