मकवानपुर। फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार रहेका प्रकाश गौतम एक व्यवसायी हुन्। व्यवस्था परिवर्तनका लागि लडेका उनी अहिले अवस्था परिवर्तनका लागि लडिरहेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुर जिल्ला उपसभापति समेत हुन्।
मकवानपुर–१ बाट उम्मेदवारी दर्ता गराएपछि उनी घरदैलो अभियानमा झन् सक्रिय र व्यस्त देखिएका छन्। तर उनको पहिचान चुनावको समय मात्रै बनेको होइन—चुनावभन्दा पहिलेदेखि नै उनी सधैं जनतासँगै रहने, जनगुनासा सुन्ने र समस्या परेको ठाउँमा पुग्ने व्यक्ति भनेर चिनिन्छन्।

मकवानपुरका धेरै ठाउँमा बाटोघाटो, खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारी र सेवा–सुविधासँग जोडिएका समस्यामा उनले प्रत्यक्ष चासो राख्दै आएको बताइन्छ।
त्यसैले “युवा र नयाँ अनुहार” खोजिरहेको बेला रास्वपाले गौतमलाई टिकट दिनुले जितको सम्भावना बलियो भएको आकलन गरिएको छ। उनी पुरानो शैलीको भाषणभन्दा काम, उपस्थिति र पहुँचलाई प्राथमिकता दिने खालका उम्मेदवारका रूपमा पनि हेरिन्छन्।
प्रकाश गौतम भन्छन्— “रास्वपा पार्टी मात्र होइन, यो युगको परिवर्तनको सबैभन्दा ठूलो सम्भावना बोकेको शक्ति हो।” उनले मकवानपुर–१ का मतदातालाई विकास र सुशासनको पक्षमा उभिन र पुराना सोचलाई परास्त गर्न, आउँदो चुनावमा घण्टीमा मतदान गरेर अत्यधिक बहुमतले विजयी गराउन सम्पूर्ण मकवानपुरबासीलाई विनम्र अनुरोध गरेका छन्।










